Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको छ: विश्व

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज शर्मा विश्वले आठौ महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको बताएका छन ।

पार्टीको जिल्ला सचिवालय बैठकलाई सम्बोधनका क्रममा पुर्व सेक्रेटेरी समेत रहेका विश्वले पार्टी कार्यकर्तालाई पार्टीको नामबारे भ्रममा नपर्न भन्दै महधिवेशनको सन्देश तलसम्म लागु गर्न निर्देशन दिएका हुन ।

पार्टीको नाम कम्युनिष्ट राखेर पार्टीले सबैलाई मिलाउने अभियान लागेको भन्दै उनले माओवाद मात्र हैन माक्सवाद, लेनिनवाद सबैलाई कम्युनिष्ट भित्र राखेर अघि बढेको बताएका छन ।

एकिकृत क्रान्तिबाट अब देशलाई चलाउने भन्दै उनले सबैकुरालाई एक बनाएर लिने विचार नै कम्युनिस्ट विचार भएको बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी लोकपाल केसीले पार्टीले निर्माण गरेको जनपरिषदमा विभिन्न मुद्दाहरू परेको भन्दै जनपरिषदका कामको रक्षामा लाग्न कार्यकर्तालाई भनेका थिए ।

महाधिवेशनको बारेमा राखिएको समिक्षामा सचिवालय सदस्यरूले पार्टीको प्रभाव राम्रो भएको बताएका थिए । सल्यानबाट गाडिका गाडि कार्यकर्ता राजधानी देखी थवाङ सम्म पुगी महाधिवेशनमा विचार राख्नु भनेको ऐतिहासिक कुरा भएको उनिहरूको भनाई थियो ।

बैठकले महाधिवेशनको व्यस्ततामा गर्न नसकेको बागचौरको १४ गतेको बलिदान दिवस स्थानिय स्तरमा गर्ने निर्णय गरेको छ । जसअनुसार बागचौरमा फागुण १९ गते, फारूला र कपुरकोटमा २० गते अनि झिम्पेमा २१ गते गरिने जनाईएको छ ।

सहिद सप्ताहको रूपमा मनाईने कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिनेछ । त्यस्तै फागुण २१ गतेको कार्यक्रममा झिम्पेमा बनाईएको सहिद गेट उद्घाटन गरिनेछ ।