कृष्ण कँडेल/ फागुन १७, बागलुङ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका अन्तरगत २ नम्बर वडा पालिकाको भेटघाट कार्यक्रम सोमबार देविस्थानमा सम्पन्न भएको छ ।
कार्यक्रममा माओवादी केन्द्र निसीखोला गाउँपालिकाका ईन्चार्ज प्रेम घर्तीले स्थानिय निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । घर्तीले संगठन निर्माणमा माओवादी पार्टि केन्द्रित भएको भन्दै वडापालिका भेला सहित संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुविर विश्वकर्माले दलित महिला तथा पिछाडी परेको र पारिएको बर्ग क्षेत्रलाई मुलधारमा ल्याउन समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्धा माओवादीले स्थापित गरेको बताउनुभयो ।
विश्वकर्माले जसको निती उसको नेतृत्व आवश्यक रहेको भन्दै माओवादीलाई निर्वाचनबाट ठुलो पार्टि बनाउने गरि लाग्न कार्यकतालाई आग्रह गर्नुभयो । जिल्ला सदस्य भिम घर्ती, महिता संघ क्रान्तिकारी बागलुङका अध्यक्ष कमला पुन, अखिल क्रान्तिकारी पश्चिम कमाण्ड संयोजक अनिलकुमार विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नन्दराम विश्वकर्माको अध्यक्षता, सुन्दर बुढाको स्वात र सागर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।