दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा लिफ्ट प्रविधिमार्फत पानी आपुर्ति गर्ने मन्त्रि सिंहको प्रतिवद्धता

२०७३, १७ फाल्गुन मंगलवार १०:४८


दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले प्रतिवद्धता गर्नु भएको छ । 

कालिकोटका खिन, धौलागोह, जस्ता सुख्खा क्षेत्रका बासिन्दाहरुलाई प्रयाप्त पानीको पहुँचमा पुर्याउन नदिको पानीलाई लिफ्ट प्रविधिका लागि योजना अगाडी बढाईने भन्दै यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

खानेपानी तथा सरसफाई मन्त्री सिंहले आज विहान रिपोटर्स क्लव शाखा कालिकोटले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै कालिकोटको भुभाग शुस्क र अर्ध सुस्क भूभाग भएकाले सबै क्षेत्रमा प्रयाप्त पानीको श्रोत नभएकाले आफु मन्त्रालयमा रहे सम्म कालिकोटमा पानी श्रोतको ब्यवस्थापनका लागि कस्तो कदम चाल्न पर्नेहो उक्त कदम चाल्न आफु तयार रहेको तर यसलाई समयमै योजना सम्पन्न तथा कार्यान्वयन गराउन कालिकोटे जनताको पहिलो भूमिका रहेको बताउनु भएको छ ।

अधिल्लो पटक मन्त्रिहुदा समेत कालिकोटमा खानेपानी तथा सरसफाई सम्बन्धि थुप्रै आयोजनाहरुको खाका तयार पारी प्रयाप्त बजेट ब्यवस्थापन गरेपनि ६० प्रतिशत भन्दा बढी कामहुन नसकि बजेट फ्रिज जाने अवस्था आएकाले अब आफ्नो योजनामा आफै जुटौं अभियान कालिकोटे जनताले थाल्यौं भने एक दुई बर्षभित्रै कालिकोट पूर्ण खानेपानीको पहुँचमा रहेको जिल्लाको रुपमा घोषणा गर्न सकिने ठोकुवा गर्नु भएको छ ।

यसका लागि जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुले प्राथमिकताका आधारमा अल्पकालिन र दिर्धकालिन नीतिगत योजनाहरु तयार पारी मन्त्रालयसम्म पुगाउन सक्नुभयो भने त्यसपछिको बाकी काम मन्त्रालयको नियम र पद्धति अनुसार अगाडी बढाउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

रिपोटर्स क्लवका अध्यक्ष लंकराज धमालाको अध्यक्षता खानेपानी मन्त्रि प्रेम सिंहको प्रमुख आथित्यतामा आयोजित साक्षत्कार कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियाका पत्रकार, सजपाका केन्द्रिय तथा जिल्ला स्तरीय पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको छ । मन्त्रि सिंह खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको जिल्ला सम्मेलन उद्घाटनको शिलशिलामा कालिकोट आउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना