कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिका"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँको विकासका लागि स्थानिय जनप्रतिनिधि आवश्यक: सागर

२०७३, १७ फाल्गुन मंगलवार १३:२७


कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिकाको सम्मेलन आज बोबाङको नौघरटोलामा भएको छ ।

सम्मेलनले लिङ्कन घर्तीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलबहादुर बिक, सचिवमा सुर्जनकुमार विक, सहसचिव ओमबहादुर पुन र कोषाध्यक्ष खिमकुमारी घर्ती रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेपाकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङ जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले दुर्गम गाउँको विकासका लागि जनताका निर्वाचित प्रतिनिधि चाहिने भन्दै अबको निर्बाचनबाट लामो समयदेखि खाली रहेको स्थानिय तहमा नेतृत्व आउने बताउनुभयो । 

उहाँले एकात्मक र केन्द्रिकृत शासन प्रणाली हुँदा राज्यको पहुँचबाट बाहिर जस्तै रहेको पश्चिम बागलुङको बोबाङ पुर्वाधार विकासमा पछाडि परेको भन्दै संघियताको कार्यान्वयन पछि त्यसको अन्त्य हुने बताउनुभयो । 

नेता सागरले स्थानिय तहमा बिपन्न नागरिकका सवालको मुद्धा उठाएको राजनितिक दल र नेता छान्नुपर्नेमा नागरिकलाई सचेत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सो अबसरमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, सहईन्चार्ज चन्द्र अर्याल, संयोजक भिम गौतम र जिल्ला सल्लाहकार भद्रमणी सुनारले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नवगठित वडापालिका अध्यक्ष लिङ्कन घर्तीले अबको निर्वाचनमा स्थानिय रुपमा पार्टिलाई एक नम्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सम्मेलन लिङ्कन घर्तीको अध्यक्षता, खुमबहादुर विकको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । भोली बोबाङको वडा नम्बर–६ देखि ९ समेटिएको वडापालिकाको सम्मेलन हुने माओवादीले जनाएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना