फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले अब छिट्टै जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ । 

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले अब छिट्टै जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ । 

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबा"/>

2026-06-27 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानले इलाका इन्चार्जहरु तोक्यो


फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ ।

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबाट निर्वाचीत जिल्ला कमिटिको प्रथम बैठकले जिल्लाको ११ वटै इलाकामा इन्चार्ज तोकेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले इलाका नम्बर १ मा  ज्ञान्द्र बहादुर खत्री, २ मा लोकेन्द्र सिंह खड्का,३ मा घनश्याम शर्मा र ४ मा ज्ञान बहादुर खड्कालाइ इलाका इन्चार्जमा तोकेको जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले जनाए ।

उनका अनसार इलाका नम्बर ५मा हिमेन्द्र बुढाथोकी, ६ मा मोतीलाल घर्ती, ७ मा जित बहादुर चलाउने, ८ मा रविराज शर्मा, ९ मा भैरव बहादुर शाह, १० मा दल बहादुर के सी र ११ मा घनश्याम शर्मालाइ इन्चार्ज तोकिएको छ ।

साथै नवनिर्वाचीत कमिटीको पहिलो बैठकले आगामी फागुन मसान्त सम्म सम्बन्धीत इलाका इन्चार्ज तथा निवर्तमान जिल्ला कमिटी सदस्य लगाएतको समन्वयमा प्रत्येक इलाकामा एकताको सन्देश दिने गरि जन सभाहरु र प्रशिक्षणहरु चलाउने निर्णय गरेको पनि उपाध्यक्ष सेनले जनाए । यस्तै आगामी चैत्र ५ गते सुर्खेतमा पार्टि अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने विशाल आमसभामा सल्यानबाट १ हजारको संख्यामा पार्टि नेताकार्यकर्ता जाने निर्णय गरेको पनि उनले जनाए ।

आजको बैठकमा बोल्दै बैठकका प्रमुख अतीथी एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले एमालेको जीतमा नै मुलुकको हित भएको दाबी गरेका छन् । उनले अवको स्थानीय तहको चुनावमा आम राष्ट्रप्रेमी नागरिकको मत एमालेमा आउने पनि विश्वास गरे ।

यस्तै बिशिस्ट अतिथी एमालेका जिल्ला इन्चार्ज गुलाबजंग शाह, अतिथिहरु उदय बोहरा, शान्ता हमाल, हरि केसी लगाएतकाले बोल्दै सिंगो एमाले एक भएर उभीएको र समाज परिवर्तन गर्न सक्ने पाटी एमाले भएको बताएका थिए ।

उपाध्यक्ष  भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सञ्चालन सचिव रमेश कुमार गौतमले गरेका थिए । बैठकले जिल्ला अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो