2026-10-26 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातीकतर्फ नेबिसंघको जित

जि.पि.पौडेल | फाल्गुण १८ गोरखा । गोरखाको लक्ष्मीबजारमा रहेको द्रब्य शाह बहुमुखी क्याम्पसमा आज भएको स्ववियुको निर्वाचनमा समानुपातीक तर्फ नेपाल बिद्यार्थी संघले जित हात पारेकोे छ ।

नेपाली कांग्रेसको भातृ बिद्यार्थी  संगठन नेविसंघले सामानुपातीकमा खसेको कुल २९८ मत मध्ये १०३ मत ल्याएर बिजयी भएको हो । त्यस्तै नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारीले ७९ मत प्राप्त गरेको छ भने, नयाँ शक्तिको भातृ बिद्यार्थी संगठन नयाँ शक्ति बिद्यार्थी युनियनले ७० मत प्राप्त गरेको द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियु निवार्चन कार्यालयले जनाएको छ ।

नेकपा एमालेको भातृ बिद्यार्थी संगठन अनेरास्ववियुले ४३ मत प्राप्त गर्यो  भने नेपाल मजदुर किसान पार्टीको भातृ बिद्यार्थी संगठन नेपाल क्रान्तीकारी बिद्यार्थी संगठनले ३ मत प्राप्त गरेको छ ।त्यस्तै अध्यक्ष सचिव कोषाध्यक्ष  सहित बाकीँ पदको मतगणना भने जारी रहेको छ । निर्वाचन कमिटिका एक सदस्यका अनुसार राती १० बजेसम्ममा मत गणना सम्पन्न हुने बताइएको छ ।  

यो समाचार तयार पार्दा सम्म सभापतीमा नेविसंघका उमेद्वार प्रविण बस्नेतले २० मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अनेरास्ववियु क्रान्तिकारीका मनोज राना मगरले १२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सभापतीका अर्का उमेद्धवार नशाँ शक्ति बिद्यार्थी युनियनका  अनुपम आर्चायले ८, अनेरास्वबियुका सृष्टि लामाले ७ मत प्राप्त गर्नुभएको छ ।

यसैबिच स्ववियु चुनावमा बिभिन्न पदमा सो क्यापसका प्रत्यक्ष तर्फ ३७ जनाको उम्मेद्वारी परेको छ । स्ववियुको सभापति पदमा ५ वटा बिधार्थी संगठनले उम्मेद्वारी दर्ता गराएका थिए । अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का मनोज राना मगर, नेपाल विद्यार्थी संघका प्रविन बस्नेत, अनेरास्ववियूका सृष्टि लामा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका कल्पना नेपाली, नयाँ शक्ति विद्यार्थी युनियनका अनुपम आचार्य स्ववियुको सभापति पदका लागी चुनावी मैदानमा उत्रेका छन् । त्यस्तै सचिव पदका लागी अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का बालकृष्ण परियार, नेपाल विद्यार्थी संघका पुजा न्यौपाने, अनेरास्ववियूका सुरज श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका शुशिल गुरुङ चुनावी मैदानमा रहेका छ्रन् ।

त्यस्तै अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का सुकु गुरुङ, नेपाल विद्यार्थी संघका शोभा थापा, अनेरास्ववियू लक्ष्मण श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका संझना बयलकोटी कोषाध्यक्ष पदका प्रतिस्पर्धामा रहेका छन् । सदस्यमा भने ४ वटा बिधार्थी संघ–संगठनबाट ६÷६ जना गरि २४ बिच चुनाव भएको छ ।

यता गोरखा नगरपालीका ५ हिलेपोखरी स्थित गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न नसके पछि आज हुने भनिएको स्वतन्त्र बिद्यार्थी युनियनको निवार्चन स्थगीत भएको हो । सहमति गरी निर्वाचन गर्ने प्रयास गरिएको भएपनि आफ्नो माग पुरा नभएको भन्दै अखिल क्रान्तिकारीले ताला नखोले पछि निर्वाचन स्थगित हुने भएको हो । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मनोनयन दर्ताका क्रममा विवाद भएपछि अनेरास्ववियु क्रान्तिकारीले गोरखा क्याम्पसमा तालाबन्दी गरेको हो । शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी बिच कसको दर्ता क्रम पहिले हुने भन्ने विषयमा विवाद भएको थियो ।

निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गरेको थियो । पहिलो क्रममा भने नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले मनोनयन दर्ता गराएको थियो । त्यसपछिको क्रममा दुबै विद्यार्थी संगठन एकैपटक मनोनयन दर्ता गराउन पुगेपनि निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गराएको थियो । दोस्रो क्रममा आफ्ना उम्मेद्वारहरुको मनोनयन दर्ता गराउन अखिल क्रान्तिकारीले माग गरेपछि शनिबार मनोनयन दर्ता प्रक्रियामा विवाद भएको थियो ।

यसै बिच आजै नेपाल बिद्यार्थी संघ गोरखा क्याम्पस इकाईले सहज बाताबरण निर्माण गरी स्वन्तत्र बिद्यार्थी युनियनको चुनाव गर्न माग गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दै नेविसंघले निर्वाचनको माहोल सिर्जना गर्न आग्रह गरेको छ । नेपाल बिद्यार्थी संघले क्याम्पस प्रसासनले तत्काल त्यसका लागि पहल थाल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने