२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दुई वटै क्याम्पसमा नेविसंघको प्यानल नै बिजयी

२०७३, १९ फाल्गुन बिहीबार ०६:२२


ललित बोहरा । फागुन १९ डडेल्धरा ।  डडेल्धुराका दुई वटै क्याम्पसहरुको स्ववीयु निर्वाचनमा नेपाल बिद्यार्थी संघ विजयी भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पस र त्रिबेणी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकट नेबि संघको प्यानल नै बिजयी भएको निवार्चन समितिहरुले जानकारी दिएका छन । 


डडेल्धुरा बहुमुखी क्याम्पसमा कुल खसेको  १ सय ७३ मत मध्ये १ सय ४५ प्राप्त गरी नेबि संघका सभापतिका उम्मेदवार जगत ऐरको प्यानल नै बिजय भएको निर्वाचन अधिकृत मोहन भट्टले जानकारी दिएका छन् । 


सभापतिका अर्का प्रत्यासी तीन बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नयाँ शक्ति बिद्यार्थी यूनियनका संयुक्त उम्मेदवार प्रिया कुमारी मल्ले २५ मत मात्र प्राप्त गरेकी छिन । 


यस्तै सचिवमा खेमराज अबस्थीले १ सय ३५ मत प्राप्त गरी निर्वाचीत भएका छन् भने उनका प्रत्यासी करन साउँदले ३२ मत मात्र ल्याएका छन् । कोषाध्यक्षमकी उम्मेदबार बिमला कुमारी साउँदले १३९ मत प्राप्त गरि विजय भएकी छिन् भने उनका प्रत्यासी महेश पाण्डेले २८ मत मात्र प्राप्त गरेका छन् ।


सदरमुकाम नजिकैको डडेल्धुरा बहुमुखी क्याम्पसमा २ सय ९६ मतदाता मध्ये १ सय ७३ मत खसेका थिए ।


यस्तै भित्रीमधेस क्षेत्रको त्रिबेणी बहुमुखी क्याम्पसमा नेपाली काग्रेस निकट बिद्यार्थी संघठन नेपाल बिद्यार्थी संघको प्यानल नै बिजय भएको छ ।  कुल खसेका मत १२१ मध्ये नेबि संघ सभापतीका उम्मेदवार कृष्ण धामीले ५४ मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितीले जनाएको छ । 


उनका प्रत्यासी अखिल क्रान्तिकारीका मोहन धामी  र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका चक्र साउदले क्रःमस ३६ र २८ प्राप्त गरेको छन् । नेबिसंघ कै प्यानलबाट सचिवमा केसब भट्टले ५४ र कोषाध्यक्षमा पुष्पा अवस्थीले ४५ मत प्राप्त गरी निवार्चीत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला