पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्त"/>
२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा लैजादैछन्: पौडेल

२६ फाल्गुन २०७३, बिहीबार ०५:५५

फागुन २६, पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्तो अरोप लगाएका हुन् ।

 वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन गराउनको लागि सरकार लागि रहेको बेलामा मधेसी मोर्चा र एमालले पहिले संसदको चुनाव गराउनुपर्छ भन्दै अबरोध गर्नु देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हो उनले भने ।

बाग्लुङको कुस्मीसेरमा हुन लागेको आजको सभालाई सम्बोधन गर्न आएका पौडेलले कार्यक्रमको पूर्व संध्यामा पर्वतमा कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

 उनले एमालले अहिलको अबस्थामा मेची महाकाली जागण अभियानको नाउमा देशमा अतिबाद लाद्न खोजेको उनले आरोप लगाए  । अभियानका क्रममा मधेसमा भएको घटनाप्रति उनले लक्षित गर्दै भने एमालेले नेपालीलाई हिमाल, पहाड र तराईमा विभाजन गर्न खोजेको छ तर नेपाली काँग्रेसले सवैलाई समान देखेको छ । 

एमाले मधेसी मोर्चा र नागरिकको अधिकार र अस्तित्व स्वीकार नगर्ने निषेधको राजनीति गरेकोले अहिलेको अबस्थामा स्थानीय तहको चुनाव हुन्छ भन्नेमा अझै पनि स्पष्ट भन्न नसकिने बताए । उनले  चुनावको लागि एमालेका कारण अझै बातबरण तयार नभएको बताए ।

उनले मधेसी मोर्चाको माग सम्बोधन गर्नुको विकल्प नभएको भन्दै निषेधको राजनीति कसैले गर्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला