पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्त"/>
२०८२, २४ चैत्र मंगलवार
काठमाडौँ - KTM

विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा लैजादैछन्: पौडेल

२०७३, २६ फाल्गुन बिहीबार ०५:५५

फागुन २६, पर्वत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा बसाउन खोजेको आरोप लगाएका छन् । मधेसी मोर्चा र एमालेलाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्तो अरोप लगाएका हुन् ।

 वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन गराउनको लागि सरकार लागि रहेको बेलामा मधेसी मोर्चा र एमालले पहिले संसदको चुनाव गराउनुपर्छ भन्दै अबरोध गर्नु देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हो उनले भने ।

बाग्लुङको कुस्मीसेरमा हुन लागेको आजको सभालाई सम्बोधन गर्न आएका पौडेलले कार्यक्रमको पूर्व संध्यामा पर्वतमा कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

 उनले एमालले अहिलको अबस्थामा मेची महाकाली जागण अभियानको नाउमा देशमा अतिबाद लाद्न खोजेको उनले आरोप लगाए  । अभियानका क्रममा मधेसमा भएको घटनाप्रति उनले लक्षित गर्दै भने एमालेले नेपालीलाई हिमाल, पहाड र तराईमा विभाजन गर्न खोजेको छ तर नेपाली काँग्रेसले सवैलाई समान देखेको छ । 

एमाले मधेसी मोर्चा र नागरिकको अधिकार र अस्तित्व स्वीकार नगर्ने निषेधको राजनीति गरेकोले अहिलेको अबस्थामा स्थानीय तहको चुनाव हुन्छ भन्नेमा अझै पनि स्पष्ट भन्न नसकिने बताए । उनले  चुनावको लागि एमालेका कारण अझै बातबरण तयार नभएको बताए ।

उनले मधेसी मोर्चाको माग सम्बोधन गर्नुको विकल्प नभएको भन्दै निषेधको राजनीति कसैले गर्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस