फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रि"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात दिनभित्र पाँच बुँदे माग पूरा नभए जनविद्रोह गर्छौं: यादव

२६ फाल्गुन २०७३, बिहीबार १०:२८

फागुन २६, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ बुँदे मागहरु पूरा भएन भने मधेश आधारशिला भएर देशभरि नै जनविद्रोह गर्छो, त्यसको गम्भिर गृहकार्यमा हामी जुटिसकेका छौं, अब मोर्चा चुप लागेर बस्दैन, छिट्टै घोषणा गर्छ ।’

यादवले आफूहरुले नखाएको विष खाएको जसरी प्रचार गरिएकोप्रति कडा आपत्ति जनाउँदै भने,‘एमाले पार्टी के हो भन्ने कुरा अब घामजस्तै छर्लङ् भैसकेको छ।’ उनले मधेशी जनतालाई अधिकार दिने कुरामा राज्यले कन्जुस्याँई गरेको आरोप लगाए ।

यादवले भने,‘निर्दोष जनता मधेशमा अब कति मर्ने ? हामी अब वारपारको लडाई लड्छौं ।’ आफूहरुको जनविद्रोहको स्वरुप कस्तो हुन्छ भन्ने कुरामा राज्यले दमन गर्ने शैलीबाट थाहा हुने समेत जनाए । उनले भने,‘राज्यले दमन गरे, हामीले बन्दुक उठाउने सम्मको सोच बनाएका छौं ।’

यादवले भने,‘मधेश आधारशिला बनाएर अब हामी उत्पीडित, शोषित, महिला, जनजाति, मधेशी, थारु, मुस्लिमहरुको अधिकारको लागि जनविद्रोह गर्छौं, तर जनविद्रोह माओवादी युद्ध जस्तो हुँदैन, स्वरुप कस्तो हुने भन्नेबारेमा हामी छलफल गर्छौं ।’

उनले आफूहरुको जनविद्रोह अब पुर्वको लिम्बुवानदेखि पश्चिमको खसाङ्सम्म र दक्षिको मधेश देखि उत्तरको शेर्पासम्म केन्द्रित हुने उनले चेतावनी दिए । उनले मधेशी मोर्चा अब मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत भैरहेको समेत जनाए ।

उनले एमालेको नश्लवादी चिन्तन र हठबाजी सोचाईका कारण सप्तरी घट्ना घटेको आरोप लगाए । उनले भने,‘यो घट्ना जुन किसिमले घटाईयो, यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्छ ।’ उनले एमालेले जनताको लागि भन्दापनि आफ्नो लागि राजनीति गरेको हो भन्ने कुरा सप्तरी घट्नाले प्रष्ट पारिसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला