फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको अधिकार स्थापित गर्न निर्वाचन: प्रधानमन्त्री

२७ फाल्गुन २०७३, शुक्रबार ०७:३९


फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताउनुभएको छ । 

थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।” 

प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका मागलाई सम्बोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर देशमा स्थायित्व र समृद्धि ल्याउनुपर्छ भन्दै त्यसका लागि सबै नेपालीको साथ आवश्यक भएको बताउनुभयो । 

मुलुक चुनौती र अवसरका बीचमा उभिएको चर्चा गर्दै उहाँले लामो समयपछि समावेशी र समानुपातिक संविधान घोषणा भएको र त्यसलाई फराकिलो बनाउन संविधान संशोधन आवश्यक रहेको छ भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका लागि निरन्तर लड्न तयार थकाली जातिको धर्म संस्कृतिको जगेर्नाका लागि आफूले अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ८७ वर्षका उमेरमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने तयारीमा रहनुभएका आरोही मीनबहादुर शेरचनलाई सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो । 

तोरन्लमा थकालीहरुले तीन दिनसम्म आ–आफ्ना पितृलाई सम्झने गर्छन् । प्रायः सबै जनजातिले आ–आफ्ना चाडका अवसरमा सार्वजनिक बिदा पाएको उल्लेख गर्दै उनीहरुले तोरन्लका अवसरमा बिदा दिनुपर्ने माग गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला