फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपम"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील छ: प्रधानमन्त्री

२७ फाल्गुन २०७३, शुक्रबार ०९:०४

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । 

कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा (माओवादी केन्द्र) ७ नं प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनुभयो । 

प्रधानमन्त्रीले दाहालले भन्नुभयो – “घटनाको गम्भीर रुपले छानबिन हुन्छ र दोषीमाथि कारबाही हुन्छ, यसमा सरकार गम्भीरमात्रै होइन, निकै संवेदनशील छ ।” 

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले लगातार कूटनीतिक संवाद गरिरहेको तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएकोपनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो – “कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो, घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु ।” 

सो घटनाका विषयमा आज नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा सम्बोधन गर्नेसमेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । 

उहाँले नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, यसको स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण मान्य नहुने स्पष्ट पार्दै “कञ्चनपुरको स्थितिका बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ, परिवारलाई तत्काल रु १० लाख राहत र गौतमका दुई छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ भन्नुभयो । 

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय सहिद र सम्मान गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला