२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की जिल्ला जनसरकार प्रमुखसहित १० बन्दकर्ता पक्राउ

२८ फाल्गुन २०७३, शनिबार ०५:४५

फागुन २८, पोखरा | कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बिहानै प्रहरीले पर्यटकीय नगरी पोखराबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक -लखनचोक)बाट ६ जना र लेखनाथ नगरपालिकाको पावरहाउसबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हाल प्रहरी हिरासतमा रहेका कम्य्निष्ट पाटर््रीका कार्यकर्ताहरुमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कास्की जिलला जनसरकार प्रम्ख जगन तिवारी"जगन बा" अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेल तथा अन्य कार्यकर्ताहरु अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगाना रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ ।

त्यस्र्तै लेखनाथको पावरहाउसबाट पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा कुमार, दिव्य गोगै तमु, रामजी बराल र अर्का एक कार्यकर्ताहरु रहेका छन् । उनीहरुलाई डाँडाको नाक प्रहरीचौकीमा राखिएको छ ।

यसैबी्रच प्राप्त जानकारी अनुसार, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दकाकारण पर्यटकीय नगरी पोखरामा प्रभाव देखिएको छ । पोखरामा फाट्टफुट्ट मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु चलेका छैनन् भने उद्यागधन्दा कलकारखाना र पसलहरु पूर्ण रुपमा बन्द छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला