फागुन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउन"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमार्फत् राजनीतिक फोहर सफाइ गरिनुपर्छ: प्रधानमन्त्री

२०७३, २८ फाल्गुन शनिबार ०८:४२


फागुन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउनुभएको छ । 

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताउनुभयो । 

“वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र सपथ कार्यान्वयन गर्न सबै सहयोग गरिनेछ”–प्रधानमन्त्री दाहालले भन्नुभयो । 

सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो । वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो । 

मुख्यसचिव डा सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्नुहुँदै विद्यालय लगायत सार्वजनिक स्थलमा साप्ताहिक रुपमा सफा गरिने बताउनुभयो । वाग्मती सफाइ अभियन्ता डा राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताउनुभयो । 

गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान आज २०० औँ हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्च पदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस