फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतम"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव एमालेले पारित हुन दिँदैन: ओली

२०७३, २९ फाल्गुन आईतवार १५:३१


फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताउनुभएको छ । 

नेकपा (एमाले) द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आज भैरहवामा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको समेत बताउनुभयो । 

उहाँले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको आरोप पनि लगाउनुभयो । “तर यसलाई ५ नम्बर प्रदेशका जनताले अस्वीकार गरिदिएका छन्,” उहाँले भन्नुभयो । 

देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको समेत उहाँले बताउनुभयो । 

उहाँले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “मधेसी मोर्चाका नाममा दुई÷चार जना सडकमा उफ्रिएको देख्ने सरकारले हजारौँ, लाखौँको जुलुस देख्दैन ।” 

उहाँले पहाडी र मधेसी भनेर झगडा गराउने, जातजातका नाममा झगडा गराउने काम भइरहेको बताउँदै भन्नुभयो, “हामी त्यो सफल हुन दिदैनौँ, जनताको सार्वभौमिक सत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कुनै पनि हालतमा तलमाथि हुन दिदैनौँ ।” 

उहाँले देस बचाउन र बनाउन दृढ सङकल्पित रहेकाले कसैका अगाडि नझुक्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संविधानले कसैलाई पनि विभेद नगरेको, महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण रहेको बताउँदै अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो भन्नुभयो । 

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हालतमा पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन ।” 

सांसद आदित्यनारायण कसौधनको सभापतित्वमा भएको कार्यक्रममा तुलसी चौधरी, पोलिटब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठ लगायतले बोल्नुभएको थियो । 

उक्त अवसरमा पूर्वसांसद रामचन्द्र भट्टराईलगायतका विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस