फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतम"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव एमालेले पारित हुन दिँदैन: ओली

२९ फाल्गुन २०७३, आईतवार १५:३१


फागुन २९, बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताउनुभएको छ । 

नेकपा (एमाले) द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आज भैरहवामा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको समेत बताउनुभयो । 

उहाँले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको आरोप पनि लगाउनुभयो । “तर यसलाई ५ नम्बर प्रदेशका जनताले अस्वीकार गरिदिएका छन्,” उहाँले भन्नुभयो । 

देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको समेत उहाँले बताउनुभयो । 

उहाँले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “मधेसी मोर्चाका नाममा दुई÷चार जना सडकमा उफ्रिएको देख्ने सरकारले हजारौँ, लाखौँको जुलुस देख्दैन ।” 

उहाँले पहाडी र मधेसी भनेर झगडा गराउने, जातजातका नाममा झगडा गराउने काम भइरहेको बताउँदै भन्नुभयो, “हामी त्यो सफल हुन दिदैनौँ, जनताको सार्वभौमिक सत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कुनै पनि हालतमा तलमाथि हुन दिदैनौँ ।” 

उहाँले देस बचाउन र बनाउन दृढ सङकल्पित रहेकाले कसैका अगाडि नझुक्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संविधानले कसैलाई पनि विभेद नगरेको, महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण रहेको बताउँदै अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो भन्नुभयो । 

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हालतमा पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन ।” 

सांसद आदित्यनारायण कसौधनको सभापतित्वमा भएको कार्यक्रममा तुलसी चौधरी, पोलिटब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठ लगायतले बोल्नुभएको थियो । 

उक्त अवसरमा पूर्वसांसद रामचन्द्र भट्टराईलगायतका विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश