२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’ निकाली अतिरञ्जीत गर्नु प्रणालीमाथीको ठाडो प्रहार

३० फाल्गुन २०७३, सोमबार ०३:१५

फागुन ३०, गुल्मी । केही दिन बाट गुल्मीमा सुरु भएको पाइप प्रकरणमा कानुनी प्रक्रिया पुरा गरी जनताको घरदैलोमा पुग्दै गरेको खानेपानीको पाईपलाइ राजनीतिक प्रोपोगाण्डाको आधारमा फैलाइएको अपवाह प्रति गुल्मी काँग्रेसले घोर आपत्ती जनाएको छ ।

नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थीको नाम जोडी बेकारमा नियमबद्ध तरिकाले गरिएको कामलाइ अपवाह बनाइ जनतामा भ्रम छर्ने काम भएको भन्दै काँग्रेस जिल्ला कार्य समितिले घोर आपत्ती जनाएको हो ।

सचिब पन्थीलाइ सम्पर्क गर्दा उहाँले कानुनी प्रक्रिया पुराएर नै जनताको घरमा पुर्याउन लागिएको पाइपलाइ नेकपा एमालेका कार्यकर्ताहरु बेकारमा आत्तिएर अनाबश्यक अपवाह फैलाएको बताउनुभयो ।

उहाँले स्थानिय चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’ को रूपमा अतिरञ्जीत गर्नु पद्दति र प्रणालीमाथीको ठाडो प्रहार भएको बताउनुभयो ।

कानुन छ, न्यायालय छ प्रयोग गर्ने अधिकार पनि छ तर त्यसको बाटो नरोजी सामाजिक सञ्जाल मार्फत ’अफवाह’ फैलाउनु जनतामाथीको अन्याय हो । सत्यमाथी भ्रम सिर्जना गर्नु हो, उहाँले भन्नुभयो ।

राजनीतिलाई बिकास मार्फत जनताको जनजिबिका सँग जोड्ने अभियानको नेतृत्व गरिरहेको गुल्मी काङ्ग्रेस र सचिव खिलध्वजको पन्थीको जनताप्रतिको समर्पण र काङ्ग्रेस प्रतिको जनलहरबाट अताल्लिएर उपभोक्ता समिति मार्फत कानुनी प्रकृया पूरा गरि जनताको घरदैलोमा पुर्‍याउँदै गरेको खानेपानीको पाइपको बिषयमा समाजिक संजाल मा अफवाह फैलाउने दुस्साहस गर्नु कमजोर मनस्थितिको उपज भएको काँग्रेस गुल्मीले बताएको छ ।

कोहि ब्यक्ति र राजनैतिक दल प्रती संका छ भने संबन्धित निकायमा कानुनि रुपमा समस्या समाधान गर्न सकिन्छ, सचिब पन्थीले भन्नुभयो, सार्वजनिक रुपमा ब्यक्तिगत आक्षेप लगाएर चरित्र हत्या गर्न खोज्नु राजनीतिक संस्कार होईन ।

यस्ता भ्रामक प्रचारबाजीले गुल्मी काङ्ग्रेस र खिलध्वज पन्थीलाई कमजोर हैन, झन शसक्त बनाएको काँग्रेस गुल्मीले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला