२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री

२०७३, ३० फाल्गुन सोमबार ०९:३९

फागुन ३०, काठमाडौँ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताउनुभएको छ । 

नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताउनुभएको हो । 

उहाँले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो । 

संविधान निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै आजै एजेन्डा सम्झाउन आएकामा नयाँ शक्तिलाई धन्यवादसमेत दिनुभयो । 

व्यवस्थापिका–संसद्मा सो एजेन्डाको पक्षमा दुई तिहाइ पुर्याउने अवस्था नभएकाले तत्काल सो एजेन्डा पारित हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ्न आफू र आफ्नो पार्टी तयार रहेको उल्लेख गर्नुभएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले त्यसलाई सफल बनाउन सबै पक्षले सार्थक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग राख्दै सङ्कलन गरेको हस्ताक्षर बुझाएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त