२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको हो : डा यादव

३० फाल्गुन २०७३, सोमबार १५:२४

काठमाडौँ, ३० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताउनुभएको हो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ भन्नुभयो ।” 

उहाँले भन्नुभयो, “मतदाता नामावली सङ्क्कलन अन्तिम चरण पुगेको छ, अब मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन्, त्यो आधारमा मतपत्र छाप्ने र कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएका छौँ ।” 

प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई बोलाएर चैत पहिलो हप्तासम्म कर्मचारी खटाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो । 

उहाँले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलभित्र सहमतिको खाँचो रहेको उल्लेख गर्दै निर्वाचनमा सबै दलको प्रतिनिधित्व होस् भन्ने आयोगले चाहेको छ भन्नुभयो । 

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले यसलाई सबैले उत्सवका रुपमा लिनुपर्ने बताउँदै उहाँले स्थानीय तहको निर्वाचनका लागि एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको जानकारी दिनुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला