२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेको दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनमा असरः डा रिजाल

२०७३, ३० फाल्गुन सोमबार १५:३४

फागुन ३० कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान प्रदत्त अधिकार उपयोग गर्नका लागि महिलाको सक्रियता आवश्यक भएकोमा जोड दिनुभएको छ । 

नेपाल महिला सङ्घ क्षेत्र नं २ कास्कीद्वारा यहाँ आज आयोजित ‘स्थानीय निर्वाचनमा महिलाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो– “संविधानले दिएको हक अधिकारको उपयोग गर्नका लागि महिलाले आफ्नो क्षमता त्यसै अनुरुप वृद्धि गर्न सक्नुपर्दछ ।” 

केन्द्रीय सदस्य डा रिजालले शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा महिलाले प्राप्त गर्ने सुविधामा वृद्धि भएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा नेपाल महिला सङ्घले अग्रेणी भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो । 

संविधान कार्यान्वयन एवम् स्थानीय तहको निर्वाचनमा देश लागेको बताउँदै उहाँले नेकपा (एमाले)को दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनलाई असर पार्ने हुँदा त्यसतर्फ सम्बन्धित दल गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सांसद शारदा पौडेलले संविधानको कार्यान्वयनका लागि आसन्न निर्वाचनमा महिलाहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

सांसद विन्दा राना मगरले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आफूलाई सक्षम बनाउन महिलाहरू लाग्नुपर्नेमा जोड दिनुभयो । 

काँग्रेसका नेता एवम् पूर्वजिल्ला सभापति सोभियतबहादुर अधिकारी, काँग्रेसका उपसभापति हरि आचार्य, नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ की सभापति लक्ष्मी पाण्डे, सचिवद्वय रामकुमारी पौडेल र निर्मला कार्की भण्डारीलगायतले आशन्न निर्वाचनमा महिलाले आफूलाई योग्य एवम् सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गर्न त्यहीअनुरुपको क्रियाशीलता बढाउनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीको अधिवेशनमा नेपाल प्रेस युनियनबाट कार्यसमितितर्फ निर्वाचित उपाध्यक्ष विमला भण्डारी, सदस्यहरू कमल पौडेलʿअथकʾ, रेम विक, प्रकाश ढकाल, केन्द्रीय पार्षद्मा निर्वाचित गङ्गाधर पराजुली, ऋषिकान्त पौडेल, सरिता तिमल्सिनालगायतलाई सम्मान गरिएको थियो । 

त्यस्तै समाजमा विभिन्न क्षेत्रमा क्रियाशील भई योगदान गरेबापत विभिन्न व्यक्तित्वलाई पनि सो अवसरमा सम्मान गरियो । यसरी सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट नवीन सिग्देल, स्वास्थ्य क्षेत्रबाट जीता बराल, सामाजिक क्षेत्रबाट तीर्थकुमारी गुरुङ र राजनीतिक क्षेत्रबाट उमादेवी ठकुरी रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय