२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेको दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनमा असरः डा रिजाल

३० फाल्गुन २०७३, सोमबार १५:३४

फागुन ३० कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान प्रदत्त अधिकार उपयोग गर्नका लागि महिलाको सक्रियता आवश्यक भएकोमा जोड दिनुभएको छ । 

नेपाल महिला सङ्घ क्षेत्र नं २ कास्कीद्वारा यहाँ आज आयोजित ‘स्थानीय निर्वाचनमा महिलाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो– “संविधानले दिएको हक अधिकारको उपयोग गर्नका लागि महिलाले आफ्नो क्षमता त्यसै अनुरुप वृद्धि गर्न सक्नुपर्दछ ।” 

केन्द्रीय सदस्य डा रिजालले शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा महिलाले प्राप्त गर्ने सुविधामा वृद्धि भएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा नेपाल महिला सङ्घले अग्रेणी भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो । 

संविधान कार्यान्वयन एवम् स्थानीय तहको निर्वाचनमा देश लागेको बताउँदै उहाँले नेकपा (एमाले)को दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनलाई असर पार्ने हुँदा त्यसतर्फ सम्बन्धित दल गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सांसद शारदा पौडेलले संविधानको कार्यान्वयनका लागि आसन्न निर्वाचनमा महिलाहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

सांसद विन्दा राना मगरले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आफूलाई सक्षम बनाउन महिलाहरू लाग्नुपर्नेमा जोड दिनुभयो । 

काँग्रेसका नेता एवम् पूर्वजिल्ला सभापति सोभियतबहादुर अधिकारी, काँग्रेसका उपसभापति हरि आचार्य, नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ की सभापति लक्ष्मी पाण्डे, सचिवद्वय रामकुमारी पौडेल र निर्मला कार्की भण्डारीलगायतले आशन्न निर्वाचनमा महिलाले आफूलाई योग्य एवम् सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गर्न त्यहीअनुरुपको क्रियाशीलता बढाउनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीको अधिवेशनमा नेपाल प्रेस युनियनबाट कार्यसमितितर्फ निर्वाचित उपाध्यक्ष विमला भण्डारी, सदस्यहरू कमल पौडेलʿअथकʾ, रेम विक, प्रकाश ढकाल, केन्द्रीय पार्षद्मा निर्वाचित गङ्गाधर पराजुली, ऋषिकान्त पौडेल, सरिता तिमल्सिनालगायतलाई सम्मान गरिएको थियो । 

त्यस्तै समाजमा विभिन्न क्षेत्रमा क्रियाशील भई योगदान गरेबापत विभिन्न व्यक्तित्वलाई पनि सो अवसरमा सम्मान गरियो । यसरी सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट नवीन सिग्देल, स्वास्थ्य क्षेत्रबाट जीता बराल, सामाजिक क्षेत्रबाट तीर्थकुमारी गुरुङ र राजनीतिक क्षेत्रबाट उमादेवी ठकुरी रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला