2026-10-18 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

खनदहमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सहित १८० जना एमालेमा प्रवेश

सुपादेउराली संवाददाता/चैत १, अर्घाखाँची । अर्घाखाँची जिल्ला खनदह गा.वि.स.मा नेकपा माओवादी (केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

 नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको प्रमुख आतिथ्यता, नेकपा (एमाले) जिल्ला कमिटी सचिवलाय सदस्य जनार्दन खनालको विशेष आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा खनदह गाउँ कमिटी इन्चार्ज वालकृष्ण आचार्यको अध्यक्षता र खनदह गाउँ कमिटी अध्यक्ष डण्डपाणी पोख्रेलको संचालनमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । 

उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णु प्रसाद खनाल, पूर्व उपाध्यक्ष कुल प्रसाद खनाल, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्यहरु नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला वि.क., इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्यहरु दिपनारायण चुदाँली, जिवलाल खनाल, खुविराम खनाल, टोपलाल गिरी लगायत १८० जना माओवादी केन्द्रका नेता कार्यकर्तालाई नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले अविर लगाई एमालेमा प्रवेश गराउनुभएको छ ।

आफ्नो मेहनत र पसिना एमालेमै खर्चिको र आफु आफ्नै पुरानो घरमा फर्किदा खुशि लागेको साथै मुलुकको आमुल परिवर्तन गर्न नेकपा एमाले मात्रै सक्षम रहेको प्रवेश पछि नेता जीवन चौहानले वताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीहरुलाई वधाई तथा शुभकामना दिदैं प्रवेशीहरुलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफु प्रतिवद्ध रहेको वताउनुभयो । एमालेमा कसैलाई हेलाहोचो गरिनेछैन, सवैलाई उचित जिम्मेवारी प्रदान गरिनेछ । आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति वनाउन सबै आफ्नो ठाउँवाट एकजुट भएर लाग्नुस् नेता आचार्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु