२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा सहयोग गर्न सबै पक्षसित आग्रह

२०७३, १ चैत्र मंगलवार ०९:१३

चैत १, काठमाडौँ । गाउँविकास तथा नगरपालिकासम्बन्धी विद्यमान संरचनालाई गाउँपालिका र नगरपालिकाले प्रतिस्थापन गरी शासन व्यवस्थामा नयाँ अध्यायको सुरुआत भएको छ ।

संविधान कार्यान्वयनका क्रममा सरकारले स्थानीय निकायलाई स्थानीय तहमा प्रतिस्थापन गरेपछि आजदेखि सिंहदरबारमा निहित कार्यापालिका, न्यायपालिका तथा व्यवस्थापिकासम्बन्धी अधिकार जनताले आफ्नै आँगनमा आफैँले चुनेका जनप्रतिनिधिमार्फत प्राप्त गर्न ढोका खुला भएको छ । यसअघि विसं २०१० मा प्रथम पटक काठमाडौँ नगरको निर्वाचन भएको थियो । 

जनताबाट चुनिएका जनप्रतिनिधिले स्थानीय तहलाई नेतृत्व नगरुन्जेल कर्मचारीबाट नै व्यवस्थापन मिलाउने काम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गर्ने छ । सरकारले गत फागुन २७ गते स्थानीय तहलाई स्थानीय निकायमा प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । 

अब देशभर चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकाले स्थानीय तहमार्फत जनतालाई सेवा दिनेछन् । यस्ता स्थानीय तहलाई संविधान प्रदत्त शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासकालगायताका अधिकार प्राप्त हुनेछ । यसअघि कुल नगरपालिका दुई सय १७ र गाविस करिब तीन हजार पाँच सय थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ललितपुर महानगरपालिकाको परिसर आयोजित विशेष कार्यक्रममा स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य शुभारम्भ गर्दै गणतन्त्र घोषणाका दिन र संविधानसभाबाट संविधान जारी भएका दिनजस्तै आजको दिनलाई ऐतिहासिक संज्ञा दिनुभयो । 

उहाँले भन्नुभयो, “आजको दिन जनता विजय भएको दिनका रुपमा मैले लिएको छु किनभने सिंहदरबारमा केन्द्रित र निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार जनताको घर आँगनमा जाँदैछ । जनताले आफ्ना जनप्रतिनिधिमार्फत त्यो अधिकार उपभोग गर्दैछन् । ” 

गणतन्त्र आएपछि जनतामा ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तो भ्रम र नकारात्मक टिप्पणी थियो, यसलाई आजको दिनले चिर्ने काम गरेको बताउँदै प्रधानमन्त्रीले गणतन्त्रको उज्यालो जनताका घरदैलामा सेवा, सुशासन र विकासमार्फत प्रवेश गर्नेछ भन्नुभयो । 

प्रधानमन्त्री दाहालले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो सरकारको एक मात्र अर्जुनदृष्टि रहेको बताउँदै निर्वाचनमा सहयोग गर्न राजनीतिक दल एवम् सबै पक्षसित आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई महान् उत्सवका रुपमा लिई स्वतःस्फूर्त रुपमा जनता सहभागी बन्नुपर्छ, मैले निर्वाचनलाई कुन राजनीतिक दल र तिनका उम्मेदवारले विजयी हुन्छन् भन्दा पनि देश र जनताले जित्छन् भन्ने रुपमा लिएको छु ।” 

निर्वाचनमा जाँदा स्थानीय तहको सीमाङ्कन हेरफेर आवश्यक नरहेको बताउँदै उहाँले तराई–मधेसका जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरिने जानकारी दिनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री कमल थापाले निर्धारित मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सरकारलाई नैतिक बल दिई स्थायित्व दिन आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट गर्नुभयो । 

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले भन्नुभयो, “महान् प्रजातान्त्रिक अभ्यास गर्ने माध्यम निर्वाचन हो, यसबाट कोही पनि टाढा रहनुहुन्न, तराई मधेसवादी दलहरु पनि निर्वाचनमा सहभागी बन्नु जरुरी छ, यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार छ ।” 

उपप्रधानमन्त्री थापाले मुुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसित आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “आजको दिन साधारण दिन होइन, साबिकका गाविसका साइनबोर्ड मात्र फेरिएको होइन, सङ्ख्या र आकार मात्र फेरिएका होइनन्, सिंहदरबार केन्द्रित अधिकार जनताको हात र आँगनमा पुगेको छ ।” 

सांसद मदनबहादुर अमात्यले संविधान कार्यान्वयनको पहिलो खुड्किलाका रुपमा आजको दिन रहेकाले जनताले यसलाई साथ र सहयोग दिने विश्वास दिलाउनुभयो । 

मुख्य सचिव डा सोमलाल सुवेदीले स्थानीय तहमा नयाँ मन्दिर तयार भएको छ, निर्वाचनमार्फत सर्वाेत्तम पुजारी चयन गर्दै प्रसाद ग्रहण गर्न जनतालाई आग्रह गर्दछु भन्नुभयो । स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थानीय तहमा कर्मचारी र आर्थिक स्रोत अभाव हुन नदिने दृढता प्रकट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण