2026-09-08 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखबाट विद्यालय भवन हस्तान्तरण

चैत १, ललितपुर । सभामुख ओनसरी घर्तीले खोकनास्थित रुद्रायणी माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको आज उद्घाटन गर्नुभयो । 

फ्रान्सको इपिएस क्लबको सहयोग र स्थानीय सहरी वातावरण व्यवस्थापन समाजको व्यवस्थापनमा रु दुई करोड ६० लाखको लागतमा निर्मित सो भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

नयाँ भवनमा विज्ञान प्रयोगशाला समेत छ । सभामुख घर्तीले अभिभावकको चाहना र समयको माग अनुसार वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने बताउनुभयो । 

एक सय १७ वर्ष पुरानो सो विद्यालयमा हाल २५० विद्यार्थी छन् । गत वर्षको प्रवेशिका परीक्षामा सो विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आगामी दिनमा शिक्षाको गुणस्तर खस्कन नदिने दृढता प्रधानाध्यापक बाबुराम थापाले व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल