चैत २, काठमाडौँ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । 

संयुक्त लोकतान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २, काठमाडौँ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । 

संयुक्त लोकतान"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमांकन बाहेकका विषयमा संशोधन गर्न सरकार तयार

२ चैत्र २०७३, बुधबार १०:०३


चैत २, काठमाडौँ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आज सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाङ्कन संशोधनको विषयलाई आयोगमार्फत हल गर्ने प्रस्ताव अघि सार्नु भएको हो । 

भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा रहेको नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई तत्काल पारित गर्ने र सीमाङ्कन सम्बन्धी तथा संविधानका अन्य केही धारालाई निर्वाचनपछि संशोधन गर्ने गरी सहमतिको प्रस्ताव राख्नुभएको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । 

“हामीले मोर्चाको बैठक बसेर निर्णय लिने जवाफ दियाँै, मोर्चाको बैठक आजै बसेर त्यसबारेमा ठोस निर्णय लिन्छाँै” उहाँले भन्नुभयो । सरकारलाई दिएको मोर्चाको समर्थन फिर्ता भइसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले भन्नुभयो, “हामी पहिले देखिनै व्यवस्थापिका–संसद्मा विपक्षमा नै बसिराखेका छांै ।” सीमाङ्कन संशोधन बिना मोर्चालाई कुनै पनि प्रस्ताव मान्य नहुने उहाँको धारणा थियो । 

सरकार संशोधन सम्बन्धमा पुनःविचार गर्न तयार देखिएको जानकारी गराउँदै वार्तामा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारको प्रस्तावका सम्बन्धमा मोर्चाको बैठकबाट हुने निर्णयअनुसार अघि बढ्ने बताउनुभयो । 

प्रधानमन्त्री दाहालले संशोधनका अन्य विषय तत्काल पारित गर्ने र सीमाङ्कनको विवाद आगामी सङ्घीय तथा प्रान्तीय निर्वाचन अघि नै संविधान संशोधन गरेर समाधान गर्ने प्रस्ताव अघि सार्नुभएको अध्यक्ष महतोले जानकारी दिनुभयो । 

वार्ता सकारात्मक भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

वार्तामा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला एवम् स्थानीय विकासमन्त्री कमल थापा, तमलोपाका अध्यक्ष ठाकुर, सद्भावना पार्टीका अध्यक्ष महतो, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई– मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला