http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/>
२८ पुष २०८२, सोमबार
पर्बत - PBT

यी हुन माओवादी केन्द्र पर्वतका स्थानीय निकायका उम्मेदावार

२ चैत्र २०७३, बुधबार १०:१९

http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा माओवादी पर्वतले स्थानीय तहको निर्वाचन आउनु दुई महिना अगावै आफ्नो उम्मेदवारी तय गरेको छ । स्थानीय तहको चुनावको लागि नेकपा माओवादी पर्वतले केन्द्रिय सदस्यहरुलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ । सोही अनुसार जिल्लाका सात स्थानीय निकायमा केन्द्रिय सदस्यहरुलाई मैदानमा उतार्ने भएको छ जस अनुसार जलजला गाउँपालिकामा प्रमुखको रुपमा बिगतदेखि नै कृयाशिल भएर लागेका पुराना माओवादी नेता तथा जनयुद्धका घाईते बाबुराम कार्की,  कुश्मा नगरपालिकामा बिद्यार्थीबाट स्थापित भएका शंकर गिरी,  मोदी गाउँपालिकामा प्रधानमन्त्री कार्यालयमा रहेका मनहरी तिमिल्सीनाको चर्चा रहेता पनि मनबहादुर पौडेल दाबिको रुपमा आउने बताइएको छ ।

त्यस्तैै फलेवास नगरपालिकामा प्रेम राना, महाशिला गाउँपालिकामा दुर्गा तमु, पैयु गाउँपालिकामा जयनारायण तिवारी, र बिहादी गाउँपालिकामा जनयुद्धकाल देखि नै त्यस क्षेत्रमा स्थापित नेता कृष्ण पराजुली प्रमुखको रुपमा मैदानमा उत्रिने माओवादी विशेष स्रोतले बतायो । स्रोतका अनुसार स्थानिय निकायमा उम्मेदवारी दिनेहरुकोे लिष्ट समेत तयार भएको छ । पर्वतका नगरपालिका र गाउँपालिका गरि निर्माण भएका सात स्थानिय तहमा नेताहरुको कार्यविभाजन समेत गरी सकेको जनाएको छ । सोही अनुसार उनीहरुले आफ्नो क्षेत्रका एकता अभियान तथा  पार्टी विस्तारलाई तिब्र बारेको र प्रचारप्रसारमा लागेको बुझिएको छ । 

स्थानिय निकायको निर्वाचनमा आकांक्षीहरु धेरै भएपनि जित्न सक्ने अनुहारको खोजी यो बेला माओवादी केन्द्रमा तिब्र गतिमा भएको भन्दै एक नेताले भने हामीले लगभग धेरै कुरा मिलाई सकेका छौं अब मनोनयन गर्न मात्रै बाकीँ हो भन्दै उनले थपे ।

त्यस्तै अर्का माओवादी नेता भन्छन् लगभग उहाँहरु नै स्थानिय निकायको निर्वाचनमा माओवादीको रथ हाक्ने नेताहरु हो । अरु केहि पनि आकांक्षी हुनुहुन्छ उहाँहरुलाई पार्टीले अन्यकाममा संवोधन गर्ने बताए ।

जस अनुसार माओवादीले कुन कुन गाउँपालिकामा चुनाव जित्नसक्छ भन्ने बारे पनि लामै बहस भएको छ । त्यसमा केहि गाउँपालिकामा माओवादीको बहुमत हुने भताएको छ । विशेष शुत्र अनुसार जलजला गाउँपालिका, बिहादी गाउँपालिका र पैयु गाउँपालिकामा माओवादीको ब्रचश्य रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला