2026-10-18 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

माओबादी केन्द्रका केन्द्रिय सदस्यसहित १ सय ८० जना एमालेमा प्रवेश

चैत २, सन्धिखर्क । अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी  केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । 

सोमबार भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनाल, पूर्व उपाध्यक्ष कुलप्रसाद खनाल रहेका छन् । 

त्यसैगरी, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । 

आफ्नो मेहनत र पसिना एमालेमै खर्र्चिएको र आफू आफ्नै पुरानो घरमा फर्किँदा खुसी लागेको साथै मुलुकको आमूल परिवर्तन गर्न नेकपा एमाले मात्रै सक्षम रहेको प्रवेशपछि नेता जीवन चौहानले बताउनुभयो । 

कार्यक्रममा नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै प्रवेशीलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । 

आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन सबै आफ्नो ठाउँबाट एकजुट भएर लाग्न नेता आचार्यले आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु