२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्य सचिव सुवेदीलाई कारवाही गर्न माग

२०७३, २ चैत्र बुधबार १४:०७

चैत्र २, काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो । केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु भएको छ । 

मुख्यसचिव सुवेदी एडीबीमा जागिर खान जाने कुराले सिंगो कर्मचारीको अपमान भएको भन्दै महासंघले तत्काल निलम्बन गर्न ध्यानाकर्षणमार्फत माग गरेको हो । निगम पुँजीवादको प्रतिनिधित्व गर्ने संस्थमा जागिर खान जाने सुवेदीलाई राष्ट्रियता र सार्वभौमिकताको माया र रक्षाभाव नहुने भन्दै पलायनवादीको संज्ञा दिइएको छ । 

‘राष्ट्रसेवक कर्मचारीलाई डीभी, पीआर तथा विदेशी स्थायी अनुमति पत्रलाई बन्देज गर्ने तर बहालवाला मुख्य सचिव आफैं पलायन हुने कार्यले निजामती प्रशासनको धज्जी उडाइएको छ’ महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमर सिंह ओलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

महासंघले एडीबीमा सुवेदीले खाने जागिर सहसचिव स्तरको भएकोले सोही स्तरका कर्मचारीहरुबीच खुला प्रतिस्पर्धाबाट पठाउन माग गर्दै त्यसनिम्ति आवश्यक कानून बनाउन समेत प्रधानमन्त्रीसँग माग गरेको छ । 

संवेदनशिलता र गोपनियताको हिसाबले सुवेदीले एडीबीमा जागिर खाँदा राष्ट्रियता र सार्वभौमिकतामाथि घात हुने महासंघका अध्यक्ष धामीले अनलाइन डबलीसँग बताए ।

‘नेपाल सरकारको सचिव तथा मुख्य सचिवबाट सेवा निवृत्त भएपश्चात ५ वर्षसम्म संवैधानिक, कुननीतिक तथा सरकारी बाहेक अन्यत्र नियुक्तिको लागि बन्देज गर्न निजामती ऐनमा अविलम्ब संशोधन गर्न माग गर्दछौं’ ध्याकर्षणपत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण