२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्य सचिव सुवेदीलाई कारवाही गर्न माग

२ चैत्र २०७३, बुधबार १४:०७

चैत्र २, काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो । केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु भएको छ । 

मुख्यसचिव सुवेदी एडीबीमा जागिर खान जाने कुराले सिंगो कर्मचारीको अपमान भएको भन्दै महासंघले तत्काल निलम्बन गर्न ध्यानाकर्षणमार्फत माग गरेको हो । निगम पुँजीवादको प्रतिनिधित्व गर्ने संस्थमा जागिर खान जाने सुवेदीलाई राष्ट्रियता र सार्वभौमिकताको माया र रक्षाभाव नहुने भन्दै पलायनवादीको संज्ञा दिइएको छ । 

‘राष्ट्रसेवक कर्मचारीलाई डीभी, पीआर तथा विदेशी स्थायी अनुमति पत्रलाई बन्देज गर्ने तर बहालवाला मुख्य सचिव आफैं पलायन हुने कार्यले निजामती प्रशासनको धज्जी उडाइएको छ’ महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमर सिंह ओलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

महासंघले एडीबीमा सुवेदीले खाने जागिर सहसचिव स्तरको भएकोले सोही स्तरका कर्मचारीहरुबीच खुला प्रतिस्पर्धाबाट पठाउन माग गर्दै त्यसनिम्ति आवश्यक कानून बनाउन समेत प्रधानमन्त्रीसँग माग गरेको छ । 

संवेदनशिलता र गोपनियताको हिसाबले सुवेदीले एडीबीमा जागिर खाँदा राष्ट्रियता र सार्वभौमिकतामाथि घात हुने महासंघका अध्यक्ष धामीले अनलाइन डबलीसँग बताए ।

‘नेपाल सरकारको सचिव तथा मुख्य सचिवबाट सेवा निवृत्त भएपश्चात ५ वर्षसम्म संवैधानिक, कुननीतिक तथा सरकारी बाहेक अन्यत्र नियुक्तिको लागि बन्देज गर्न निजामती ऐनमा अविलम्ब संशोधन गर्न माग गर्दछौं’ ध्याकर्षणपत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु