चैत ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री दाहालले भृकुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री दाहालले भृकुट"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल लगानीका लागि उर्वर क्षेत्र: प्रधानमन्त्री

३ चैत्र २०७३, बिहीबार ०८:३०


चैत ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताउनुभयो । 

नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताउनुभयो । 

काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला÷महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्री परिषद्को बैठकले नीतिगत निर्णय गर्ने उहाँले बताउनुभयो । 

राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिवद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । महोत्सवमा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड र भुटानको सहभागिता रहेको छ । महोत्सवमा ३०४ कक्ष समावेश छन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले व्यापार मेला क्रेता, विक्रेता र सिर्जनाकारको जमघटथलो बन्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष भवानी राणाले सुरक्षासहितको लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानका लगानीकर्ता, उद्योगी एवम् व्यापारी, विभिन्न देशका राजदूत, एवम् सरकारका उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । महोत्सवमा खाद्यान्न तथा लत्ताकपडा, जडीबुटी, हस्तकला एवम् हिमाली क्षेत्रका उत्पादनको कक्ष समावेश छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने