चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहर"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा सक्रिय सहभागी हुन थवाङीलाई आह्वान

२०७३, ८ चैत्र मंगलवार ०८:५१


चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा उहाँहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गर्नुभयो । 

नेकपा राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वासन नभई थबाङ र समग्र सिङ्गो देशकै विकासको आवश्यकतामा जोड दिनुभयो । 

सांसद तथा नेपाली काँग्रेसका पार्टी सभापति अमरसिंह पुनले आगामी चुनावमा थबाङको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । जलजलामा शान्तिबाटिका स्थापना गर्न र जलजलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू सधँै लागिरहने बताउनुभयो । 

नेकपा(माओवादी केन्द्र)का जिल्ला सम्मेलन आयोजक समिति सदस्य ग्रीस पुनले थबाङी जनता विचारमा विविधता भए पनि विकासका साझा विषयमा एक छन् भन्नुभयो । नेकपाका डिसिएम हितप्रसाद रोकाले थबाङमा औषधिजन्य कृषिको व्यावसायिक सम्भावना रहेको औँल्याउनुभयो । 

उहाँहरुले. लिबाङ, धबाङ, जलजला, थबाङ सडकलाई थबाङदेखि जलजलासम्म विस्तार गर्नुपर्ने, सिँचाइ योजना सञ्चालन गर्नुपर्ने, साना लघु जलविद्युत्को स्तर वृद्धि तथा मर्मतसम्भार गर्नुपर्ने, खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने तथा जलजलाको समग्र संरक्षण र प्रबद्र्धनका लागि पहल गर्नुपर्ने लगायत सुझाव दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो