चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोज"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन बिना निर्वाचन गर्ने आँट कसैसँग छैन: महतो

८ चैत्र २०७३, मंगलवार ०९:३३

चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गरे । 

मधेसमा दुई प्रदेश दिने सहमति भएपनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानी गरेको उनको आरोप थियो । उनले भने – “सीमाङ्कन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु हो ।” 

केन्द्रीकृत शासन व्यवस्थाका कारण मधेस र मधेसी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ छ । मधेसलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिए त्यो देशकै लागि दुर्भाग्य सावित हुने चेतावनी उनले दिए । 

दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलका नेता नै दिल्लीबाट सञ्चालित भएको उनको आरोप थियो । 

आफूहरु विगतमा पटक÷पटक सरकारमा बसेको भएपनि सिंहदरबारको चार किल्लाले मधेसलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकिएकाले आन्दोलनको बाटो रोजेको बताउँदै उनले अधिकार प्राप्तिका लागि अब जनतालाई दुःख नहुने दबाबमूलक विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…