चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 
<"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन नगरी निर्वाचन गरे मुलुक द्वन्द्वमा फस्छ: भट्टराई

२०७३, ९ चैत्र बुधबार १३:३९

चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 

नयाँ शक्ति पार्टी नेपालले सुरु गरेको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ अन्तर्गत आज सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सबैले आ–आफ्ना हठलाई त्यागेर संविधान संशोधन गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए । 

संयोजक भट्टराईले मधेसी, आदीवासी जनजातिलगायतका असन्तुष्ट पक्षहरूलाई सहमतिमा नल्याई गराईने निर्वाचनको कुनै अर्थ नहुने बताउँदै संविधान संशोधनीय दस्तावेज भएकाले यसलाई जनताको माग र भावनाअनुसार जतिबेला पनि संशोधन गर्न सकिने भएकाले संविधान संशोधनको विषयमा कसैले हठ र जिद्दीको कुरा गर्नु गलत भएको टिप्पणी गरे । 

मुलुकलाई निकासका दिन सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुपर्ने र निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्नेलगायतका मुद्दालाई अघि सारेर नयाँ शक्ति पार्टी नेपालले यो अभियान सुरु गरेको उनले जानकारी दिए । 

सभामा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, रामकुमार शर्मा, गङ्गा श्रेष्ठ, लक्ष्मी चौधरी, डा राजेन्द्र केसीलगायतले मुलुकको समसमायिक राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रष्ट पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस