चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 
<"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन नगरी निर्वाचन गरे मुलुक द्वन्द्वमा फस्छ: भट्टराई

९ चैत्र २०७३, बुधबार १३:३९

चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । 

नयाँ शक्ति पार्टी नेपालले सुरु गरेको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ अन्तर्गत आज सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सबैले आ–आफ्ना हठलाई त्यागेर संविधान संशोधन गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए । 

संयोजक भट्टराईले मधेसी, आदीवासी जनजातिलगायतका असन्तुष्ट पक्षहरूलाई सहमतिमा नल्याई गराईने निर्वाचनको कुनै अर्थ नहुने बताउँदै संविधान संशोधनीय दस्तावेज भएकाले यसलाई जनताको माग र भावनाअनुसार जतिबेला पनि संशोधन गर्न सकिने भएकाले संविधान संशोधनको विषयमा कसैले हठ र जिद्दीको कुरा गर्नु गलत भएको टिप्पणी गरे । 

मुलुकलाई निकासका दिन सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुपर्ने र निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्नेलगायतका मुद्दालाई अघि सारेर नयाँ शक्ति पार्टी नेपालले यो अभियान सुरु गरेको उनले जानकारी दिए । 

सभामा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, रामकुमार शर्मा, गङ्गा श्रेष्ठ, लक्ष्मी चौधरी, डा राजेन्द्र केसीलगायतले मुलुकको समसमायिक राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रष्ट पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता