कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा "/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पानीमा राजनीति नगरौं: सांसद पुन

२०७३, १० चैत्र बिहीबार ०७:०५

कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा पानीको श्रोत धेरै भएतापनि एक गाउँले अर्काेगाउँलाई, एक व्यक्तिले अर्काे व्यक्तिलाई दिन नमान्ने प्रवृत्तिले पानीको पहुँचबाट मानिसहरु टाढा हुने गरेको उहाँले बताउनु भयो । 

फोहोर पानीको शुद्धिकरण, पुनः प्रयोग र गुणस्तरमा सुधार, हामी सबैको सरोकार भन्ने नाराका साथ बुधबार लिबाङमा सम्पन्न २५ औं विश्व पानी दिवसका अवसरमा उहाँले यस्तो बताउनु भएको हो । 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति रोल्पाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद पुनले अब बन्ने पानीका योजनाहरु मार्फत पानीका ट्यांकीहरुमा तथा मुहानहरुमा पानी शुद्धिकरणका लागि मेसिनहरु राख्नुपर्ने तथा  पानीको शुद्धिकरणमा सबैले जोड दिनुपर्ने, योजना सम्बन्धी समस्याहरुलाई सबैले मिलेर हल गर्नुपर्ने साथै जीवनको महत्वपूर्ण अंश पानी भएकोले पानीको सही सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला  परियोजना अधिकृत भोलानाथ आचार्यले पानी शुद्धिकरणकका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत सहभागीहरुले शुद्ध पानीका विषयमा टिप्पनी गरेको जिल्ला समन्वय समितिका वास फोकलपर्सन दामोदरप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति रोल्पाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत जीतबहादुर रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम