चैत १२, कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ ।&nbs"/>

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’

१२ चैत्र २०७३, शनिबार १३:३३


चैत १२, कञ्चनपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । 

सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । 

आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो । आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उहाँले बताउनुभयो । 

“मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु”– गृहमन्त्री निधिले भन्नुभयो, “भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उहाँले सिमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताउनुभयो । 

“पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन”– निधिले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।” उहाँले भन्नुभयो, “स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।” 

आनन्द बजारमा विवादका बेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिनुभयो । “शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ,” मन्त्री निधिले भन्नुभयो । 

घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

“सीमाको विषय टुङ्ग्याउन थप दुईवटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ,”– निधिले भन्नुभयो, “संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुङ्गिनेमा विश्वस्त छु ।” 

कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभयो । पुनर्वास पुग्नुभएका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशङ्कर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रको समेत निरीक्षण गर्नुभयो । 

सहिद परिवारलाई काँग्रेसको सात लाख सहयोग 

नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ । काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । 

त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । 

कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश