२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा मेयरका प्रत्याशीहरुबाट भोट माग्न सुरु, कुन दलका कति आकांक्षी ?

२०७३, १३ चैत्र आईतवार ०६:४९

चैत १३, भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । 

जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो । 

भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवँे विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ । 

यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् । 

यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गर्नुभएको छ । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गर्नुभएको छ । 

सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गर्नुभएको छ । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ । 

काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउनुहुन्छ भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्नुहुन्छ । 

एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखापर्नुभएको छ । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ । 

एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् । 

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गर्नुभएको छ । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसक्नुभएको छ । 

यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ । 

राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहनु भएको छ । 

नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ । 

यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू