2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस

चैत १३, सल्यान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । 

संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो । 

भूगोल, इलाका र क्षेत्रलाई मिलाउँदा २७ वटा मतदान केन्द्र हटाउन आवश्यक भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलसहितको बैठकले १११ वटा केन्द्र बनाउने निर्णय गरेर सिफारिस गरिएको उहाँले उल्लेख गर्नुभयो । 

सिफारिसअनुसार थोरै मतदान केन्द्र ढोरचौर गाउँपालिकामा छ भने सबैभन्दा धेरै वनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिकातर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा नौ, त्रिवेणीमा आठ र दार्मामा नौ वटा केन्द्र ताकिएको र नगरपालिकातर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ । 

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या एक लाख २२ हजार, ४२५ मा पुरुष ६१ हजार २१९ र महिला ६१ हजार २०६ छ । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी तयारीलाई समेत तीव्र बनाएको छ । कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवालासँग समन्वयन गर्नेलगायतका आन्तरिक तयारीका कामलाई तीव्र बनाएको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा भाग लिन यहाँ १५ वटा राजनीतिक दल दर्ता भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने