2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस

चैत १३, सल्यान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । 

संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो । 

भूगोल, इलाका र क्षेत्रलाई मिलाउँदा २७ वटा मतदान केन्द्र हटाउन आवश्यक भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलसहितको बैठकले १११ वटा केन्द्र बनाउने निर्णय गरेर सिफारिस गरिएको उहाँले उल्लेख गर्नुभयो । 

सिफारिसअनुसार थोरै मतदान केन्द्र ढोरचौर गाउँपालिकामा छ भने सबैभन्दा धेरै वनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिकातर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा नौ, त्रिवेणीमा आठ र दार्मामा नौ वटा केन्द्र ताकिएको र नगरपालिकातर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ । 

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या एक लाख २२ हजार, ४२५ मा पुरुष ६१ हजार २१९ र महिला ६१ हजार २०६ छ । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी तयारीलाई समेत तीव्र बनाएको छ । कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवालासँग समन्वयन गर्नेलगायतका आन्तरिक तयारीका कामलाई तीव्र बनाएको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा भाग लिन यहाँ १५ वटा राजनीतिक दल दर्ता भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ