२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेराशि संगठनद्धारा ८ वटा ईलाकामा भेला सम्पन्न

२०७३, १४ चैत्र सोमबार ०६:५०

कमल रावल/चैत १३, अछाम । नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समिती अछामले जिल्लाका ८ वटा ईलाकामा ईलाका भेला सम्पन्न गरेको छ । 

ईलाका अधिबेशन अन्र्तगत ईलाका नम्बर १, २, ३, ४, ५, ११, १२, र १३ मा भेला सम्पन्न गरेको हो । आसन्न सँगठनको जिल्ला अधिबेशन सफल पार्न कसरी अघि बढ्ने, सदस्यता नविकरण तथा वितरण कार्य अघि बढाउने र आगामि शैक्षिक सत्रमा गुणस्तरिय शिक्षा बृद्धिका लागि शिक्षक सँगठनले नयाँ योजना कसरी अघि बढाउने उद्देश्यका साथ भेला अघि बढाईएको शिक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । 

अध्यक्ष रावलले शैक्षिक गुणस्तर बृद्धिका लागि सँगठनले जहिले पनि रचनात्मक काम गरिरहेकाले आगामि दिनमा पनि यस्ता कार्यलाई जारी राख्ने उहाँले बताउनु भयो । साथै आगामि २०७४ बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा समेत पार्टीलाई जिल्लामा पहिलो बनाउन सँगठनको तर्फबाट जोड तोणका साथ लाग्ने निर्णय गरिएको बताईएको छ । 

यसअघि क्षेत्र नम्बर १ अन्र्तगत १, २, र ३ को सयुक्त भेला क्षेत्र नम्बर १ को साफेबगर, ४ र ५ को सयुक्त रुपमा नन्देगडा, र ईलाका नम्बर ११ को कमलबजार, १२ को ढकारी र १३ को तुर्माखादमा कार्यक्रम गरिएको हो । 

ईलाका भेला कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा शिक्षक महासँघका केन्द्रिय महासचिव तिलक कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, नेपाल शिक्षक महासँघका अध्यक्ष भिम बहादुर बुढा, शिक्षक संगठन जिल्ला उपध्यक्ष जानकी बोहरा, लोकराज न्यौपाने, कोषाध्यक्ष राम बहादुर शाही, सहसचिव गिता ढुगाना लगाएतले सदस्य लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ