२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेराशि संगठनद्धारा ८ वटा ईलाकामा भेला सम्पन्न

१४ चैत्र २०७३, सोमबार ०६:५०

कमल रावल/चैत १३, अछाम । नेपाल राष्ट्रिय शिक्षक सँगठन जिल्ला समिती अछामले जिल्लाका ८ वटा ईलाकामा ईलाका भेला सम्पन्न गरेको छ । 

ईलाका अधिबेशन अन्र्तगत ईलाका नम्बर १, २, ३, ४, ५, ११, १२, र १३ मा भेला सम्पन्न गरेको हो । आसन्न सँगठनको जिल्ला अधिबेशन सफल पार्न कसरी अघि बढ्ने, सदस्यता नविकरण तथा वितरण कार्य अघि बढाउने र आगामि शैक्षिक सत्रमा गुणस्तरिय शिक्षा बृद्धिका लागि शिक्षक सँगठनले नयाँ योजना कसरी अघि बढाउने उद्देश्यका साथ भेला अघि बढाईएको शिक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । 

अध्यक्ष रावलले शैक्षिक गुणस्तर बृद्धिका लागि सँगठनले जहिले पनि रचनात्मक काम गरिरहेकाले आगामि दिनमा पनि यस्ता कार्यलाई जारी राख्ने उहाँले बताउनु भयो । साथै आगामि २०७४ बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा समेत पार्टीलाई जिल्लामा पहिलो बनाउन सँगठनको तर्फबाट जोड तोणका साथ लाग्ने निर्णय गरिएको बताईएको छ । 

यसअघि क्षेत्र नम्बर १ अन्र्तगत १, २, र ३ को सयुक्त भेला क्षेत्र नम्बर १ को साफेबगर, ४ र ५ को सयुक्त रुपमा नन्देगडा, र ईलाका नम्बर ११ को कमलबजार, १२ को ढकारी र १३ को तुर्माखादमा कार्यक्रम गरिएको हो । 

ईलाका भेला कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा शिक्षक महासँघका केन्द्रिय महासचिव तिलक कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, नेपाल शिक्षक महासँघका अध्यक्ष भिम बहादुर बुढा, शिक्षक संगठन जिल्ला उपध्यक्ष जानकी बोहरा, लोकराज न्यौपाने, कोषाध्यक्ष राम बहादुर शाही, सहसचिव गिता ढुगाना लगाएतले सदस्य लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु