२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्थानीय चुनाबमा १ सय ८२ महिलाको प्रतिनिधित्व सूनिश्चित

२० चैत्र २०७३, आईतवार ११:०३

चैत १९, अछाम । करिव २० बर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन पश्चात गठन हुने स्थानीय तहको संरचनामा अछाममा १ सय ८२ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

यो संख्या गाउँपालिका र नगरपालिकाको वडा सदस्य पदमा मात्र हो । अछाममा नगरपालिका र गाउँपालिका गरी कुल ९१ वडा छन् । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका र नगरपालिकाको प्रमुख या उपप्रमुख मध्ये एक पदमा महिला अनिर्वाय उम्मेदवार बनाउनु पर्ने व्यवस्था गरे बम्मोजिम चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा थप १० महिला पनि उम्मेदवार बन्नेछन् । 

ऐनले व्यवस्था गरे बम्मोजिम नै प्रमुख र उपप्रमुख मध्ये कुनै एक पदमा महिला उम्मेदवार बने पनि उक्त पदमा महिला नै निर्वाचित हुन सक्ने भन्ने ग्यारेन्टी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख चुणाराज सापकोटाले जानकारी दिनुभयो । 

कुनै दुई दलको बीचमा एउटाले प्रमुखमा पुरुष र उपप्रमुखमा महिला तथा अर्को दलले प्रमुखमा महिला उपप्रमुखमा पुरुष उम्मेदवार उठाएर सिन्डिकेट लगाई पुरुषलाई मात्र मतदान गर्ने सहमति गरे भने दुबै पदमा पुरुष मात्र बिजयी हुने सम्भावना पनि रहेको सापकोटाले बताउनु भयो । यदि सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एकमा महिला निर्वाचित भयो भने अछाममा १ सय ९२ महिलाको प्रतिनिधित्व सुनिश्चित हुने छ । 

स्थानीय तहको कार्यपालिकाको रूपमा रहने गाउँसभा, गाउँ कार्यपालिका र नगर कार्यपालिकामा पनि महिलाहरूलाई मनोनयन गर्ने व्यवस्था छ । हरेक गाउँसभा र गाउँपालिकामा २ तथा हरेक नगर कार्यपालिकामा ३ महिला मनोनयन गर्दा कम्तीमा २ सय १६ महिलाको प्रतिनिधित्व हुनेछ ।

 मनोनियत गर्दा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत महिलालाई गर्नुपर्ने प्रावधान छ । प्रतिनिधित्वको हिसाबले महिलाको सहभागिता राम्रो देखिएपनि कार्यकारी पदमा भने सिट सुनिश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु