चैत २१, पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २१, पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् ।&"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि: नेपाल

२१ चैत्र २०७३, सोमबार ०६:३१

चैत २१, पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् । 

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरे ।

नेता नेपालले भने– “अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।”

प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरे । 

उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ