२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरक्षणले भक्तपुरका महिला नेतृत्व उत्साहित

२२ चैत्र २०७३, मंगलवार ०७:३२

चैत २२, भक्तपुर । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

त्यसैगरी वडा समितिको वडा अध्यक्षसहितको पाँच सदस्य समितिमा दुई महिला अनिवार्य हुनुपर्ने र त्यसमा एक दलित महिला हुनुपर्ने व्यवस्थाका साथै महिलाका लागि ४० प्रतिशत आरक्षणको व्यवस्था हुनुले सम्पूर्ण महिला दिदीबहिनीलाई अवसरको ढोका खुल्ला भएको काँग्रेस नेत्री सरु बानियाँ बताउनुहुन्छ । 

महिलाका लागि दिएको यस अवसरले टोल, समाज र देश विकासको निम्ति महिलाले गर्दै आएको क्षमताको मूल्याङ्कन गरेको महसुस भएको बताउँदै नेपाल महिला सङ्घकी जिल्ला सभापतिसमेत रहनुभएकी बानियाँ भन्नुहुन्छ – “महिलाले पनि देश निर्माणका लागि योगदान दिन सक्छन् भन्ने अनुभूति गराउन पाउने अवसर प्राप्त भएको छ । सदियौँदेखि नै महिलाप्रति समाजले हेर्ने दृष्टिकोण राम्रो नभएका कारण क्षमता भएर पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अब अन्त्य हुने अवस्था आएको छ ।” 

महिलाका लागि अहिलेको स्थानीय तहको निर्वाचन सुवर्ण अवसर भएको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्लाअध्यक्ष इन्द्रमाया श्रेष्ठ (सरिता) बताउनुहुन्छ । महिलाले पनि अवसर पाए काम गर्न सक्छन् भन्ने प्रमाणित गरेर देखाउने बेला आएको उहाँको भनाइ छ । 

अहिलेको व्यवस्थाले महिलालाई अवसरको ढोका खुल्ला भए पनि थुप्रै चुनौती पनि रहेको अखिल नेपाल महिला सङ्घकी जिल्लाअध्यक्ष बिना बास्तोला बताउनुहुन्छ । समाजमा मात्र होइन पार्टीभित्र पनि महिलालाई हेर्ने दृष्टिकोण अझै शङ्कालु भएकाले महिला नेतृत्व माथि उठ्न नसकेको अहिलेको अवस्थामा अवसरमात्र होइन महिला नेतृत्वलाई क्षमतावानसमेत बनाउन जरुरी रहेको बताउँदै बास्तोलाले निर्वाचनलाई लक्षित गरी चार महिना लामो प्रशिक्षण अभियानसमेत सुरु गरेको उहाँ बताउनुहुन्छ । 

ऐनले महिला नेतृत्व वर्गलाई उत्साहित बनाए पनि सङ्गठनभित्र सक्षम महिला नेतृत्वको खाँचो रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालकी नेत्री जमुना थापा बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ