११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा महिला उम्मेद्वारका आकांक्षीहरु यस्ता छन्

२५ चैत्र २०७३, शुक्रबार ०७:३६

चैत २५, गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा महिला उम्मेद्वारका आकांक्षी उल्लेख्य पाइएका छन् । कांग्रेस एमाले र माओवादीमा वडादेखि नगरपालिकासम्ममा महिला उम्मेद्वारका आकांक्षीहरु बढि देखिएका हुन् ।

रेसुङगा नगरपालिका

नेपाली कांग्रेस श्रोतका अनुसार रेसुङ्गा नगरपालिकामा वडाअध्यक्ष देखि मेयरसम्ममा महलिाको उमेद्वारी पर्ने चर्चा सूरु भएको छ । त्यसमा कांग्रेसबाट अमृतादेवि कुँवर, राधा पन्थी, अम्वीका श्रेष्ठ, गंगा पाण्डे लगायत रहेका छन् ।

त्यस्तै नेकपा एमालेबाट पनि वडा अध्यक्ष देखि मेयर सम्मको दावी गर्ने ललिता गौतम, हिरा कुँवर, सिता भण्डारी लगायत रहेका छन् । उता, नेकपा माओवादी केन्द्रबाट गीता रिजाल थापा, कमला पुन मेयर, उपमेयरसम्मको हैसियत राख्ने महिला रहेको बताइएको छ । त्यस्तै रिता चुँदरा, ममता माहकिम, सिता बिश्वकर्मा, कमला परियार, ज्ञानु सुनार र रिमा नेपाली, गोमा धुरेल, गोमा तङनामी, ईन्द्र श्रेष्ठ र सावित्रा पाण्डे वडा अध्यक्ष सम्मको दावेदारी हैसियत बनाएका महिलाहरु भएको माओवादी केन्द्र रेसुङ्गा नगरकमिटी अध्यक्ष अशोक थापाले बताए ।

मुसिकोट नगरपालिका

नेपाली कांग्रेसबाट मेयर पदकै सम्भावित उमेदवारका रुपमा विष्णुकुमारी सापकोटाको चर्चा छ । त्यस्तै सो पार्टीबाट मुसिकोट नगरपालिकोको वडा अध्यक्षदेखि उपमेयर सम्मको आकंक्षीका रुपमा अनिषा केसी र कल्पना घिमिरे लगायतलाई लिने गरिएको छ ।त्यस्तै नेकपा एमालेबाट मुसिकोट नगरपालिकाको मेयर सम्मको उमेदवारीको हैसियतमा कमला शर्मा, सिता भुसाल, प्रतिमा केसी लगायतका नेतृहरु रहेको पार्टी श्रोतले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुसिकोट नगरपालिकामा वडा अध्यक्ष देखि मेयर सम्मको उमेदवारीको हैसियत बनाएका महिलाहरुमा सावित्रा खरेल, कमला कार्की, चन्द्रा थापा, कमला पाठक, निरा सुनार, विन्दु सापकोटा, कोपिला महत, भिमकुमारी नेपाली लगायतका नेतृहरु रहेका छन् ।

ईस्मा गाउँपालिका

ईस्मा गाउँपालिकाको वडा अध्यक्ष देखि गाउँपालिका प्रमुख सम्मको उमेदवारीको हैसियतमा पुगेका नेतृहरुमा राधा रिजाल , गिता घिमिरे , उषा केसी र कमला कुँवर रहेका छन् । सो पालिकामा एमालेबाट विमाल खत्री र सिता रिजाल त्यही हैसियतका महिलाहरु रहेको जनाईएको छ । माओवादी केन्द्रबाट विमला थापा वडा अध्यक्ष देखि गाउँ उपप्रमुख सम्मको हैसियतमा रहेको जनाईएको छ ।

मालिका गाउँपालिका

कांग्रेसबाटै मालिका गाउँपालिकाको मेयर सम्मको हैसियतमा पुगेका महिलाहरुमा सिता अर्याल , हेमन्ता अर्याल र अनिषा अर्याल लगायत रहेका छन् । नेकपा एमालेबाट सो गाउँपालिकाको मेयर सम्मको उमेदवारीको दावि गर्ने हैसियतमा रहेका महिलाहरुमा रनमाया पुन , गगनशिला खड्का , सरस्वती गिरी, सावित्रा अर्याल लगायत छन् ।

नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिका प्रमख उपप्रमुख सम्मको दावी गर्ने हैसियतमा घमिरकी चन्द्रमा लम्साल, ह्वाङदीकी उषा बुढा , अर्खबाङ्गकी सिता भट्राई र दर्लिङ्गकी ज्योति सुनार र गोमा घर्ति रहेको सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्रबाट सोही गाउँ पालिकाको विभिन्न वडाको अध्यक्ष सम्म दावी गर्ने हैसियतमा ह्वाङ्गदीकी शोभा थापा, दर्लिङ्गकी हिरा बिक, घमिरकी उमा कार्की , छापाहिले कि किमा बिक रहेको सो पार्टीका त्यस भेगका ईन्चार्ज अर्जुन बुढा मगरले बताए ।

धुर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसबाट मिना जिसी, जानकी भण्डारी लगायतका महिलाहरु गाउँ प्रमुख सम्मको हैसियतमा छन् । सोही गाउँपालिकामा एमालेको तर्फबाट वसुन्धारा भण्डारी र कमला विश्वकर्मामा गाउँ प्रमुख सम्मको दावेदारी गर्न सक्ने नेतृहरु हुन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट कमला घर्ति, विनिता पोखरेल मेयर उपमेयर सम्मको दावि गर्ने नेतृहरु हुन् । त्यस्तै सोही पार्टीबाट वडा अध्यक्ष सम्मको दावि गर्नेहरुमा जैसीथोककी तारा खनाल, हाडहाडेकी भिमकला कुँवर, वस्तुकी सिता बिक, धुर्कोटकी पेउली कुँवर नयाँगाउँकी सावित्रा घर्ति, तेजकुमारी थापा, मना घर्ति र रञ्जु खत्री रहेको जनाईएको छ ।

मदाने गाउँपालिकामा

मदाने गाउँपालिकामा नेपाली कांग्रेसबाट सुशिला भुसाल, ईश्वरादेवि कुँवर, विष्णु कँुवर गाउँपालिका प्रमुख, उपप्रमुख सम्मको हैसियत बनाएका नेतृहरु हुन् । सो पालिकामा एमालेबाट शरिता खड्का गाउँ प्रमुख सम्मको हैसियतमा रहेको सोही पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिकामा उमा बिक, भनभनेकी रामकुमारी घर्ति र म्यालपोखरीकी कमला भट्राई मेयर उपमेयर सम्मको दावि गर्ने हैसियतका महिलाहरु हुन् । उमा बिक जिल्ला पार्टीकै उपाध्यक्ष भई सकेकी महिला समेत रहेको सो पार्टीका जिल्ला सह ईन्चार्ज सुर्दशन बरालले बताए ।

गुल्मी दरवार गाउँपालिकामा

यता गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसबाट भने नेतृ धेरै रहेको भन्दै सिमित केहि महिलाहरुको मात्रै नाम दिन नसकीने त्यहाँको कांग्रेसले बतायो । एमालेले भने त्यहाँ राधा अर्याल गाउँपालिका प्रमुख सम्मको हैसियत भएको जनायो ।

माओवादी केन्द्रबाट गुल्मी दरवार गाउँपालिकामा उप मेयर देखि वडा अध्यक्ष सम्मको दावि गर्ने महिलाहरुमा सिता सर्तुङ्गे, उषा रायमाझी, लक्षिमा सुनार, सावित्री ज्ञवाली रहेको सो पार्टीले जनाएको छ ।

छत्रकोट गाउँपालिकामा

छत्रकोट गाउँपालिकामा कांग्रेसबाट भगवाती भण्डारी, धना भण्डारी र जमुना न्यौपाने गाउँ पालिका प्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु हुन । एमालेबाट पनि त्यस्तै हैसियत भएका महिलाहरुमा पर्छन् नर्मदा भण्डारी र शारदा भण्डारी ।

नेकपा माओवादी केन्द्राट छत्रकोट गाउँ पालिकामा तारा थापा उप प्रमुख सम्मको र गिता थापा, सरस्वती पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीले जनाएको छ ।

रुरु गाउँपालिका

रुरु गाउँपालिकामा कांग्रेसको तर्फबाट निर्मला पाण्डे, सकुन्तला पाण्डे र पम्फा डंगोल गाउँ प्रमुख सम्मको उमेदवारी दिने हैसियतका नेतृहरु हुन् । एमालेबाट लक्ष्मी पन्त, तुल्सी श्रेष्ठ र शारदा गौतम गाउँ पालिका प्रमुख सम्मको उमेदवारी दिन सक्ने नेतृहरु हुन् ।

नेकपा मओवादीबाट त्यस पालिकामा सुचना ठडराई ( दलित महिला ) गाउँपालिका प्रमुख सम्मको हैसियत राख्ने नेतृ हुन् । त्यस्तै रुरुकी कमला बिक, सरस्वती घर्ति मगर, वलेटक्सारकी निर्मला श्रेष्ठ, लक्ष्मी पौड्याल वडा अध्यक्ष सम्मको हैसियतमा रहेको सो पार्टीबाट रुरु गाउँपालिकाको सम्भावित गाउँ प्रमुखका उमेदवार यदु ज्ञवालीले बताए ।

कालिगण्डकी गाउँ पालिकामा

कालिगण्डकी गाउँ पालिकामा कांग्रेसबाट कांग्रेसबाट मिना राना र देवि पुन मेयर उप मेयर सम्मको हैसियत रहेका नेतृहरु हुन् । एमालेबाट सो पालिकामा भागीरथी प्रधान, चन्द्रा पराजुली लगायतका महिला गाउँ प्रमुख सम्मको उमेदवारी दिने हैसियतका महिलाहरु हुन् ।

नेकपा माओवादी केन्द्रबाट अमृता न्यौपाने र मञ्जु दर्लामी र देवि शर्मा गाउँपालिका प्रमुख उपप्रमुख सम्मको हैसियतमा रहेका महिलाहरु भएको त्यस पार्टीका संगठन विभाग प्रमुख युवराज केसीले बताए ।

सत्वती गाउँपालिकामा

त्यस्तै सत्वती गाउँपालिकामा कांग्रेसबाट तुल्सा भुसाल, सिता केसी र एमालेबाट सुवर्ण शाही, शोभा भण्डारी , लक्ष्मी न्यौपाने निरु तरामु, कल्पना तरामु गाउँ प्रमुख सम्मको दावा गर्न सक्ने महिलाहरु हुन् ।

माओवादी केन्द्रबाट टोपला थापा रमा राहडी प्रमुख उपप्रमुख सम्मको हैसियत पार्टीमा बनाएका महिलाहरु हुन् ।

चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका माथिल्लो हैसियत भएका नेतृहरु धेरै देखिएका छन् । सुमित्रा क्षेत्री सापकोटा, लिला थापा वराल, उर्मिला श्रीस, सुशिला पुन, सुमित्रा पुन गाउँप्रमुख सम्मको हैसियत भएका नेतृहरु भएको सो पार्टीले जनाएको छ । सो गाउँ पालिकामा कांग्रेसबाट गिता थापा, एमालेबाट राधीका अर्याल, कमला अर्याल र आशा गौतम प्रमुख उपप्रमुख सम्मको हैसियत भएको नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले बताए ।

तीन पार्टीमा जातिगत स्थान

कांग्रेसबाट कुल २७ जना महिला नेतृको नाम चर्चामा रहेकोकोमा १६ जना व्राम्हण महिला, ८ जना क्षेत्री र ३ जना जनजाती महिलाहरु रहेका छन भने दलित महिला एक जना पनि छैनन् । नेकपा एमालेबाट संभावित महिला उमेदवार वा आंकक्षी महिलाहरुको कुल संख्या ३१ मध्ये १७ जना व्राम्हण समुदायका महिला छन् । ६ जना क्षेत्री र ७ जना जनजाती, दलित महिला जम्मा एक जना मात्रै छन् ।

माओवादी केन्द्रका ४० जना महिलामध्ये व्राम्हण, जनजाती र दलित महिलाहरुको संख्या वरावरी रहेको छ । माओवादी केन्द्रले आफ्ना सम्भावित उमेदरवार या दावी गर्न सक्ने हैसियतका व्राम्हण महिलाहरु ११ जना, क्षेत्री समुदायका ७ जना, जनजाती र दलित समुदायका महिलाहरु ११/११ जना रहेका छन् । प्रेम सुनारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान