2026-09-08 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

चैत २५, सिन्धुली । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन । 

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । 

महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताउनुभयो । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ । 

गाउँपालिका तथा नगरपालिकाका वडामा उम्मेदवारी दिँदा अध्यक्ष पदमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेलगायत आठ बुँदे माग राखेको अध्यक्ष दाहालले बताउनुभयो । नगरपालिकामा नगर प्रमुख र उपप्रमुख मध्ये अनिवार्य एक पदमा महिला हुनुपर्ने भए पनि काँग्रेसले कम्तीमा ३३ प्रतिशत नगर प्रमुखमा महिला उम्मेदवार बनाउनुपर्ने माग राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल