2026-08-31 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिका प्रमुखमा काँग्रेसका २२ आकांक्षि (सुचिसहित)

चैत २६, चितवन । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् । 

काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पद का लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै पटकदेखि महानगर बनेको हो । 

काँग्रेसको केन्द्रीय समितिको पत्र र काँग्रेस चितवनका जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो । आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको पार्टी अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै उपप्रमुखका लागि १० जनाको निवेदन परेको छ । हिजो(शुक्रबार) र आज (शनिबार)उम्मेदवारको निवेदन सङ्कलन गरी उम्मेदवारका बीच छलफल गराउँदै क्षेत्र र जिल्लामा पेस गरिने महानगर सभापति भरत अधिकारीले बताउनुभयो । 

काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा नगर समन्वय समितिले आह्वान गरेको कार्यक्रममा महानगरपालिका प्रमुखका लागि प्रा डा सूर्यकान्ता घिमिरे, शङ्कर कँडेल, डा ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराउनुभएको छ । 

यसैगरी उपप्रमुखका लागि बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने