२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानबाट स्थानीय चुनावमा केन्द्रिय नेता लड्ने तयारी, को-कहाँबाट ? (सुचिसहित)

२०७३, २६ चैत्र शनिबार ०८:१९

रमेशकुमार वली/चैत २६, सल्यान । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ । 

जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी बैशाख ३१ गते चुनाव हुँदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको छ । 

कहाँ को को आकांक्षी: शारदा नगरपालिका 

जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चांैथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । 

अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । 

माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलङ्गामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ । 

बागचौर नगरपालिका 

स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली काँग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ । 

माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । 

वनगाड कुपिन्डे नगरपालिका 

वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली काँग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् । 

सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार 

दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, काँग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् । 

यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा काँग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा काँग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् । 

यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ । 

यस्तै कालिमाटी गाउँपालिकामा काँग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, काँग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् । 

त्यस्तै छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, काँग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ । 

आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ वटा राजनीतिक दल दर्ता गरिएको भए पनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी