2026-10-26 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानबाट स्थानीय चुनावमा केन्द्रिय नेता लड्ने तयारी, को-कहाँबाट ? (सुचिसहित)

रमेशकुमार वली/चैत २६, सल्यान । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ । 

जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी बैशाख ३१ गते चुनाव हुँदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको छ । 

कहाँ को को आकांक्षी: शारदा नगरपालिका 

जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चांैथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । 

अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । 

माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलङ्गामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ । 

बागचौर नगरपालिका 

स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली काँग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ । 

माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । 

वनगाड कुपिन्डे नगरपालिका 

वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली काँग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् । 

सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार 

दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, काँग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् । 

यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा काँग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा काँग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् । 

यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ । 

यस्तै कालिमाटी गाउँपालिकामा काँग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, काँग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् । 

त्यस्तै छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, काँग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ । 

आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ वटा राजनीतिक दल दर्ता गरिएको भए पनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने