२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

२०७४, १ बैशाख शुक्रबार ०८:२८

बैशाख १, पोखरा | आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेपनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरुले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

चार निर्वाचन क्षेत्र भएको कास्कीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस र एमालेले दुई÷ दुई सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले तीन र एमालेले एक सिट जितेको थिए । 

त्यस्तै २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको पोखरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख, जिल्ला विकास समितिको सभापति, उप–सभापतिलगायत बहुमत गाविसका अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडासदस्य जितेको थियो । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो । 

सबै दल योग्य उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छ । नेकपा एमालेले चार गाउँपालिकामा उम्मेदवार छान्न एक÷एकजना संयोजक तोकेको छ । संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाइने प्रचारप्रसार विभागका संयोजक तेजनारायण अधिकारीले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसले पनि वैशाख २ वा ३ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने पार्टीका जिल्ला अध्यक्ष कृष्ण केसी बताउनुहुन्छ । पार्टी आमसभा र कोणसभामा लागेको र यी कार्यक्रम सकेपछि उम्मेदवार टुङ्गो लगाउनेतिर पार्टी लाग्ने उहाँको विचार छ । 

यतिबेला केहीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने भन्दै पत्रकार सम्मेलन गरेको पाइन्छ । नेपाल ट्रेडयुनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युवा नेता नन्दप्रसाद तिवारी, ऋृषि काफ्ले, एमालेका राजीव पहारी, कृष्ण थापाले प्रमुख पदमा दाबी गरेका छन् । 

त्यस्तै उपप्रमुखमा महिलातर्फ एमालेका प्रभा कोइराला, देवका पहारी, मीना गुरुङ, काँग्रेसबाट कोपिला रानाभाट, सरस्वती गुरुङ, माओवादीबाट गोमा ढकाल, निर्मला न्यौपाने र कञ्चन खनालको चर्चा चलेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण