बैशाख २, काठमाडौँ । पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ ।

स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २, काठमाडौँ । पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ ।

स्थानी"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक

२ बैशाख २०७४, शनिबार १०:४३

बैशाख २, काठमाडौँ । पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ ।

स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

नियमित स्वास्थ्य परीक्षणाका लागि गत साता थाइल्याण्ड गएका अध्यक्ष ओली केही दिनमा फर्कने र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने बुझिएको छ ।

एमालेले केन्द्रीयस्तरमा उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ ।

यसअघि पार्टीको स्थायी कमिटीले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने गर्ने एमालेको तयारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड