कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछाम-काठमाडौं सम्पर्क मंचद्वारा शुभकामना आदान-प्रदान

२ बैशाख २०७४, शनिबार १३:५२


कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरणका साथै स्थानीय तह निर्वाचन सम्बन्धि भेला काठमाडौंमा सम्पन्न भएको छ । 

मंञ्चका अध्यक्ष खगेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भिम रावल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी रावलले नयाँ वर्षको अवसरमा सबैमा शुभकामना ब्यक्त सबै नेता कार्यकर्ता स्थानियको निर्वाचनमा खट्नु पर्ने बताउनु भयो । 

यतिबेला देश चुनावि माहोलामा होमिएकाले सबै उपलब्धिलाई सस्थागत गर्न पार्टीको जित आवश्यक रहेकाले स्थायिन स्तर बाटै विजयी गराउनका लागि कार्यकर्ता लाग्नु पर्ने भनाई राख्नु भएको थियो । नेपाली जनतालाई अहिलेको आवश्यकता स्थानिय तहको निर्वाचन अपरिहार्य भएकाले बैशाख ३१ गते जसरी पनि स्थायिन तहको निर्वाचन हुने बताउनु भयो । 


कार्यक्रममा पुर्ब राष्ट्रिय योजना आयोग सदस्य प्राध्यापक डाक्टर प्रेम कुवर, केन्द्रिय अर्थ योजना बिभाग सदस्य केसर साउद, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष तिलक कुवर, सात नम्बर प्रदेश सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य.सुरेन्द्र बिष्ट, अछाम काठमाडौं सम्पर्क मंचका पुर्ब अध्यक्ष तथा सात नम्बर प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य भिम बहादुर रावल कालोटोपि, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका पुर्ब अध्यक्ष रत्न प्रसाद ढुंगाना, अनेरा स्ववियु केन्द्रिय सदस्य दिपक बिस्ट लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा कलाकार सुरेश रावल लगाएतका कलाकारले आ आफना प्रस्तुती राखेका थिए । मन्चका उपाध्यक्ष भद्र बिस्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव दिपेन्द्र खत्रीले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु