२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

एमाले, काँग्रेस उम्मेदवार छान्दै

२०७४, ३ बैशाख आईतवार ०७:३५

बैशाख ३, धादिङ । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले उम्मेदवार छान्न थालेका छन् । 

\जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली काँग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली काँग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली काँग्रेसका टेकजङ्ग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गङ्गाजमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली काँग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप फ्यूबा र थाक्रेमा एमालेका रामकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएका ती पार्टीले बताएका छन् । 

नीलकण्ठ र धुनीबेसी नगरपालिकामा भने उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैनन् । नीलकण्ठ नगरपालिकामा राप्रपाका तर्फबाट श्याम सिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ । 

दुई लाख ६ हजार ४५ मतदाता रहेको धादिङ जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेवक खटाइएको र उनीहरुलाई तालिमपछि गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल