वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

<"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

३ बैशाख २०७४, आईतवार १०:४९

वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

यहाँको जिल्ला समन्वय समितिको कार्यालय भीमदत्तनगर परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । ‘भीमदत्तनगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी समन्वय रहन्छ”, जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कमल शर्माले भन्नुभयो, “जिल्लाका बाँकी आठवटा नगर र गाउँपालिकामा आागमी वैशाख १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ ।” मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत कञ्चनपुरका न्यायधीश प्रकाश ढुङ्गाना रहनुभएको छ । 

कार्यालयका अनुसार वैशाख १ गतेदेखि हरेक निर्वाचनस्थलमा मतदातालाई मतपत्र चिह्न, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालना गर्नुपर्ने नियम, मतपत्र पट्याउने लगायतका विषयमा जानकारी गराउन मतदाता शिक्षक खटिएका छन् । कञ्चनपुरमा दुई सय ८७ मतदाता शिक्षक र स्वयम्सेवक परिचालन भएका छन् । दुई लाख ३५ हजार मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी करिब एक लाख मतदाता भीमदत्त नगरपालिकामा रहेका छन् । नयाँ संरचनाअनुसार कञ्चनपुरमा सात नगरपालिका र दुईवटा गाउँपालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन