वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

<"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७४, ३ बैशाख आईतवार १०:४९

वैशाख ३,भीमदत्तनगर। स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

यहाँको जिल्ला समन्वय समितिको कार्यालय भीमदत्तनगर परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । ‘भीमदत्तनगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी समन्वय रहन्छ”, जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कमल शर्माले भन्नुभयो, “जिल्लाका बाँकी आठवटा नगर र गाउँपालिकामा आागमी वैशाख १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ ।” मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत कञ्चनपुरका न्यायधीश प्रकाश ढुङ्गाना रहनुभएको छ । 

कार्यालयका अनुसार वैशाख १ गतेदेखि हरेक निर्वाचनस्थलमा मतदातालाई मतपत्र चिह्न, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालना गर्नुपर्ने नियम, मतपत्र पट्याउने लगायतका विषयमा जानकारी गराउन मतदाता शिक्षक खटिएका छन् । कञ्चनपुरमा दुई सय ८७ मतदाता शिक्षक र स्वयम्सेवक परिचालन भएका छन् । दुई लाख ३५ हजार मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी करिब एक लाख मतदाता भीमदत्त नगरपालिकामा रहेका छन् । नयाँ संरचनाअनुसार कञ्चनपुरमा सात नगरपालिका र दुईवटा गाउँपालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार