३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः मन्त्री नायक

३ बैशाख २०७४, आईतवार ११:५२

वैशाख ३,काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मधेसी मोर्चाले सरकारसँगको छलफलमा सहमति जनाउने तर बाहिर भने आन्दोलनको घोषणा गरेर नाटकीय चरित्र देखाएको आरोप लगाउनुभएको छ । 

आज  आयोजित एक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “मोर्चाको विचार नाटकीय रुपमा बाहिर आएको छ । सरकार मोर्चाको मागको हदैसम्म लचकता अपनाएर सम्बोधन गर्न लागिपरेको बेला मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यनजक छ ।” 

तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री नायकले संसदमा दर्ता भएको दोस्रो संविधान संशोधन प्रस्तावमा मोर्चाले नै उठाएका सबै माग समेटिएकाले अपुग भएका कुरा छलफलमा बसेर टुङ्गो लगाई निर्वाचनमा जानुपर्ने बताउनुभयो । “सरकार यतिसम्म लचक भएको छ कि दुई चरणमा निर्वाचन गराउन पनि तयार छ । तर मोर्चाको मनसाय बुझन सकिएन । भित्र (सरकारसँग) सहमति जनाउने बाहिर विरोध गर्दै हिँड्ने ?” 

नेपाली काँग्रेसका नेता रमेश रिजालले मधेसलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने भएकाले मोर्चालाई निर्वाचनमा जाने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले छलफलमा मोर्चाका सबै माग पूरा हुन्छ भन्ने तर कार्यान्वयनमा नदेखिने मोर्चाको आरोप छ । अविश्वासको वातावरण हटाएर विश्वासको वातावरण बनाउनुप¥यो । मोर्चा निर्वाचनमा जान चाहन्छन् ।” 

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले कुनैपनि हालतमा निर्वाचन सार्न नहुने भन्दै जनताको मूल्याङ्कनको सामना गर्न सक्ने भए मोर्चाले निर्वाचनमा भाग लिनुपर्छ भन्नुभयो । उहाँले सरकारले मोर्चाको सहमतिमा दोस्रो संशोधन प्रस्ताव ल्याएको भने पनि मोर्चाले विरोध गरिरहेकाले सरकारले एकलौटी रुपमा प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । 

“सरकारले एमालेको पनि दोस्रो संशोधन प्रस्तावमा सहमति भएको भन्ने अभिव्यक्ति दिएको छ । यो सरासर गलत हो । यसमा एमालेको कुनै संलग्नता छैन । तर मोर्चा लोकतन्त्र र जनताको पक्षमा छन् भने निर्वाचनमा भाग लिनुपर्छ ।”रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’