बैशाख ४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । 

निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । 

निर्वाचन "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँमा गएर चुनावी वातावरण बनाउनुस: यादव

४ बैशाख २०७४, सोमबार ०८:५३

बैशाख ४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । 

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यक रुपमा प्रचारप्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमीकमजोरी हुनुभएन ।” 

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा यादवले भन्नुभयो – “आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ ।” 

उहाँले भन्नुभयो – “निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बनाएको कार्ययोजनाअनुसार नै अघि बढिरहेको छ । मतदातालाई स्वतन्त्र र भयरहित ढङ्गबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ ।” 

मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

अहिले मतपत्रलाई पोको पारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्नेजस्ता काम भइरहेको छ । आइतबार मुलुकका सातै प्रदेशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’