३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावको सम्चार आयो, नेता आ छैन’

४ बैशाख २०७४, सोमबार ०८:५९

नारायण ढुंगाना/बैशाख ४, चितवन । चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । 

दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँदै गरेको समाचार मात्रै पठाएका छन् । विकट सिद्धिको छेरवाङका सिद्धलाल चेपाङ भन्नुहुन्छ, “चुनावमा हामी आउँदै छौँ है भनेर सम्चार आयो, अरू केही आएन ।” 

“चुनावको खै अहिलेसम्म था छैन”, अर्का चेपाङ महिला ताराकुमारीले भन्नुभयो । थाहा पायो भने हाम्रो भाइले था पाउने हो, एउटा महेन्द्रले सम्चार पठाथ्यो, ल गाउँलेलाई सुनाइदेउ है हामी आउँदै छ भनेर, लो लो भन्दिउँला भन्या,े” सिद्धलाले भन्नुभयो, “सम्चार आयो नेता आ छैन ।” 

गाउँका मेहर सिंह चेपाङलाई पनि चुनावका बारेमा जानकारी छैन । सरकारले पनि आफूलाई नहेरेको बताउने वृद्ध मेहरसिंह भन्नुहुन्छ, “चुनाव पनि यतिसम्म मलाई था भा छैन, कसैले केही भन्या छैन, पार्टी दल नि आ छैन ।” उहाँहरु जस्तै गाउँका सुब्बा चेपाङलाई पनि स्थानीय निकायको निर्वाचनका बारेमा खासै जानकारी नभएको बताउनुहुन्छ । उहाँले चेपाङलाई हेर्ने मान्छेलाई भोट दिने बताउनुभयो । गाउँका चेपाङ विगतमा भोट दिएर जिताएकाले पनि केही नगरेको गुनासो गर्छन् । 

“अहिलेसम्म चुनावको केही हालखबर चाल पा छैन, नेताहरु पनि घरघर घुम्या छैन क्यारे,” सुब्बाले भन्नुभयो, “जुनले सुरक्षा गर्छ, गरिबलाई हेर्छ उसैलाई भोट दिने हो ।” उनानचालिस वर्षका सूर्यचन्द चेपाङ पनि चुनावका बारेका केही खबर नै नआएको बताउनुहुन्छ । चितवनमा यही वैशाख १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । गाउँमा स्वयम्सेवक खटिएका छन् । चितवनमा सात स्थानीय निकाय छन् । कुल तीन लाख १३ हजार एक मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउनुहुन्छ । 

पाँच सय चारजना चुनिँदै 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले चितवनमा पाँच सय चारजना निर्वाचित हुँदैछन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाको एक महानगरपालिका, ६ नगरपालिका र एउटा गाउँपालिका गरी सात तहमा पाँच सय चारजनाका लागि निर्वाचन हुन लागेको हो । 

निर्वाचित सदस्यबाट पुनः मतदान गरी दलित वा अल्पसङ्ख्यकबाट २० जना पछि निर्वाचित हुने प्रावधान रहेकाले कुल पाँच सय २४ जना स्थानीय निकायमा छानिने जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । “वैशाख ३१ मा पाँच सय चारजनाका लागि निर्वाचन हुन्छ,” ढकालले भन्नुभयो – “निर्वाचित प्रतिनिधिले दलित वा अल्पसङ्ख्यकका लागि पुनः मतदात गरेर २० जना निर्वाचित गर्नेछन् ।” निर्वाचन भएको १५ दिनभित्रमा मतदानबाट उनीहरुलाई ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । चितवनको ६ वटा नगर र महानगरको मेयर र उपमेयरमा १२ जना तथा एउटा इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुई गरी मुख्य पदमा १४ जना निर्वाचित हुनेछन् । 

यस्तै जिल्लाको ९८ वटा वडामा ९८ जना वडाअध्यक्ष चयन हुनेछन् भने हरेक वडामा चारजनाका दरले तीन सय ९२ जना वडासदस्य निर्वाचित हुने छन् । चार सदस्यमध्ये एकजना दलित पर्नेगरी हरेक वडामा दुई महिला सदस्य अनिवार्य रहने व्यवस्था छ । वैशाख ३१ को निर्वाचनमा २९ वडा रहेको भरतपुर महानगरमा कुल एक सय ४७ जना निर्वाचित हुनेछन् । 

यस्तै १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा ८२, तेह्र वडा रहेको खैरहनी नगरपालिकामा ६७ र तेह्र वडा रहेको राप्ती नगरपालिकामा ६७ जना निर्वाचित हुन्छन् । एघार वडा रहेको कालिका नगरपालिकामा ५७ तथा ९ वडा रहेको माडी नगरपालिकामा ४७ जना निर्वाचित हुने जनाइएको छ । यस्तै ७ वडा रहेको इच्छाकामना गाउँपालिकामा ३७ जना निर्वाचित हुनेछन् । 

कुल तीन लाख १३ हजार दुई मतदाता 

निर्वाचन आयोगले दिएको अन्तिम नामावलीअनुसार चितवन जिल्लामा कुल तीन लाख १३ हजार दुई मतदाताले यसपालिको स्थानीय तहको निर्वाचनमा मतदान गर्दैछन् । 

जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार मतदाताको अन्तिम नामावली आइसकेको छ र आवश्यक तयारी तीव्र पारिएको छ । जिल्लामा एक सय ६१ मतदानस्थलमा तीन सय ७६ वटा मतदान केन्द्र तोकेर काम भइरहेको छ । 

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ । जिल्लामा मतदाता शिक्षाका लागि तीन सय ७६ जना स्वयम्सेवकसमेत परिचालन गरिएको ढकालले जानकारी दिनुभयो । यहाँ २४ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’